पर्यटन

मूर्तिकला संग्रहालय र घुम्टेकाे विकास गर्न ७ करोड

मूर्तिकला संग्रहालय र घुम्टेकाे विकास गर्न ७ करोड

  • माघ ३०, २०७७ शुक्रवार
  • २०:१५:०० बजे
  • 12.7K
    SHARES
  • मूर्तिकला संग्रहालय र घुम्टेकाे विकास गर्न ७ करोड

    इस्वर सुबेदी, गलकोट : गलकोट नगरपालिका वडा नम्बर ५ को टेउवामा अवस्थित अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय र घुम्टेको विकासको लागि ७ करोड बजेट विबिनियोजन भएको छ ।राष्ट्रिय महत्व बोकेको मुर्तिकला र अग्लो पहाड घुम्टेमा सडक बिस्तार तथा पुर्वाधार निर्माणको लागि संघीय सरकार तथा गलकोट नगरपालिकाको साझेदारीमा बजेट विनियोजन भएको हो ।

    संघीय सरकारको ६७ प्रतिशत तथा गलकोट नगरपालिका को ३३ प्रतिशत गरि साझेदारी पुर्वाधार निर्माणको लागि  संघीय सरकार अन्तरगर्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट पर्यटन विकासका लागि ७ करोड रुपैयाँ बिनीयोजन गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

    गलकोट मात्रै नभएर बागलुङ जिल्लासंगैं समग्र गण्डकी प्रदेशलाई समेत चिनाउने गरि गलकोटमा गत फागुनमा सम्पन्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको डिपिआर अनुसार बजेट बिनियोजन भएको नगर प्रमुख गैरेले बताए । मुर्तीकलासंगैं र घुम्टेलाई अन्तर्राष्ट्रिय स्तरमै प्रख्यात बनाउने उदेश्यका साथ नगरपालिकाले गुरुयोजना बनाइ अगाडि बढाएको थियो ।

    "मुर्तिकला कार्यशाला संचालन गरेको गलकोट कला प्रतिष्ठान तथा घुम्टेलाई पर्यटकिय गन्तब्य बनाउने योजना अनुसार काम संचालन गरेको गलकोट घुम्टे पर्यटन बिकास केन्द्र समग्र गल्कोट संग छलफल गरि हामीले गुरुयोजना बनाएका थियौं नगरप्रमुख" गैरेले भने, "उत्त गुरुयोजना अनसार स्थानीय सरकारको समेत साझेदारी हुने गरि संघिय सरकार अन्तरगर्त सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा माग गरिएको थियो ।"

    संघीय सरकारले गलकोटबासीको मागलाई सम्वोधन गरेको भन्दै नगरप्रमुख गैरेले संघीय सरकार को सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई समेत धन्यवाद ब्यक्त गरे । अब यो बजेटको सहि रुपमा कार्यान्वयन गरि अन्तर्राष्ट्रिय मुर्तिकला संग्राहलयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुनेगरी गुरुयोजना अनुसार काम संचालन गर्नुपर्ने गलकोट नगर उपप्रमुख रेनुका काउचाको भनाई छ ।

    उनले गुरासंको पहाडको रुपमा स्थापना गर्न थालिएको घुम्टे शिरसम्म पुग्नका लागि देउराली सम्म मोटर बाटोको निर्माण गरि सहज बनाउने योजनालाई पुरा गर्नुपर्ने बताइन् । गलकोट नगरपालिकाले ३ तहको सरकारको साझेदारी हुने गरि संचालन गर्ने योजनाको प्राथमिकीककरण समेत गर्ने गरेको छ ।

    आगामी दिनमा समेत स्थानीय सरकारको साझेदारीमा संचालन गर्न सकिने ठुला योजनाहरुको गुरुयोजना बनाई संघ तथा प्रदेश सरकारसंग माग गर्ने गल्कोट नगरपालिकाले  जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गलकाेट नगरपालिका
  • # मूर्तिकला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार