गलकोटमा घर तोडफोड गरि चोरी, सुनसहित १ जना पक्राउ  

गलकोटमा घर तोडफोड गरि चोरी, सुनसहित १ जना पक्राउ  

  • आश्विन ८, २०७८ शुक्रवार
  • ११:४६:२४ बजे
  • 4.3K
    SHARES
  • गलकोटमा घर तोडफोड गरि चोरी, सुनसहित १ जना पक्राउ  
    गलकोटको हटिया बजार

    गलकोट : नगरपालिका वडा नम्वर ३ को तल्लोलमाईमा बुधबार दिउसोको समयमा एक घर तोडफोड गरि चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्बरर ३ निवासी खिमा अधिकारीको घर तोडफोड गरि चोरी भएको हो । विहान करिब पौने १० बजे अध्यापन गर्न नजिकैको जय सन्तोषि माँ

    प्राथमिक विद्यालय जाएकी खिमा अधिकारीको घरमा करिब २ बजेर ५६ मिनेट जाँदा छिमेकीले घरको ढोका खुल्ला रहेको देखेपछि चोरी भएको भन्दै अधिकारीलाई खबर गरेका थिए । अधिकारी घरमा पुगेर हेर्दा तोडफोड गरि चोरी भएको देखेपछि भन्दै प्रहरी चौकी हटियामा जानकारी गराएकी थिइन्।

    घटनास्थलको अवस्था अवलोकन गर्ने क्रममा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो । घटना भएको जानकारी पाएको करिब २ घण्टामै गलकोट नगरपालिका वडा नम्वर १ को झाक्रिस्थानबाट केही सुन सहित २६ वर्षिय एक जना पुरुषलाई पक्राउ गरेको प्रहरी चौकी हटियाका प्रहरी 

    नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिए । घटना भएको २ घण्टामै सुनको मंगलसुत्र, केही सुनका टुक्रा,  केही नेपाली र केही बिदेशी पैसा सहित गलकोट नगरपालिका वडा नम्वर ३ कै २६ वर्षीय बाबुराम विकलाई झाक्रिस्थानबाट पक्राउ गरेका छौं, पुरीले भने, नगद तथा सुनको विवरणबारे

    पुष्टी गर्न अहिले खिमा अधिकारीलाई प्रहरी चौकीमा बोलाईएको उनले जानकारी दिए । चोरी गरि काठमाण्डौं जान लागेका बिकलाई हटिया प्रहरी चौकीमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घरमा आफ्नो छोराले राख्न दिएको केही पुरानो बिदेशी पैसा र नेपाली नगद सहित २ तोला

    बढि सुन चोरी भएको अधिकारीले जानकारी दिए । गलकोटमा पछिल्लो समय चोरीका घटना दिनप्रतिदिन बढिरहदाँ स्थानीय त्रसित भएका छन् । केही चोरी भएका घटनाका अभियुक्त पक्राउ नभएको आरोप भोगिरहेको प्रहरीले आज भने सुनका गहना सहित पक्राउ गर्न सफल भएको बताएको छ ।  गलकाेट एफएमबाट

  • सम्बन्धित विषय:

  • # गलकाेट नगरपालिका
  • # घर तोडफोड

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार