गलकोट : गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनोट प्रतियोगिताको गलकोटमा उद्घाटन भएको छ । नगरपालिकाकका प्रमुख प्रशासकिय अधिकृत हरीप्रसादशर्माले खेलको उद्घाटन गदैं खेलाडीले अनुशासन पूर्वक क्षमताको प्रर्दशन गर्नुपर्ने बताए ।
उनले सरकारले राष्ट्र चिनाउने माध्ययमको रुपमा खेलकुदलाई आत्मसाथ गरेकोले खेलाडीहरुले उकृष्ट प्रदर्शन गर्नु पर्ने बताए । खेलाडी राष्ट्रका गहना भएको भन्दै अधिकृत शर्माले खेलमा अनुशासन देखाउनु खेलाडीको जिम्मेवारी र कर्तव्य भएको जिकीर गरे । प्रतियोगितामा छनोट भएको
खेलाडिले बागलुङ जिल्लालाई देशभर चिनाउने गरि खेलमा सहभागि हुन आग्रह गरे । नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विक, प्रवक्ता हिम बहादुर भण्डारीले लगाएतले शभुकामना मन्तव्य राखेका थिए ।
छनोट प्रतियोगितामा बागलुङ नगरपालिका बाहेक अन्य ९ ओटा स्थानीय पालिकाको तर्फबाट सहभागिता जनाएको जिल्ला भलिबल संघले जनाएको छ । उदघाटन प्रतियोगितामा बरेङ गााउँपालिकालाई पराजित गदैं बडिगाड गाँउपालिका विजयी भएको छ । कार्यक्रम जिल्ला भलिबल
संघ बागलुङका अध्यक्ष याम श्रीसको अध्यक्षता, उपाध्यक्ष योगेश भण्डारीको स्वागत तथा सह–कोषाध्यक्ष किशोर थापाको संचालनमा सम्पन्न भएको थियो ।