बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्दै गलकोट नगरका मेयर

बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्दै गलकोट नगरका मेयर

  • माघ २९, २०७७ बिहिवार
  • ०९:४२:१३ बजे
  • 5.1K
    SHARES
  • बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्दै गलकोट नगरका मेयर

    थम्मन थापा, बागलुङ : गलकोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसँग सम्पर्कमा आउन नसक्दा पछाडी परेको समुदायस्तरमा भेटघाट कार्यक्रम गरिरहेको छ । य

    सै बीच गलकोट नगरपालिका वडा नम्वर ११ को किम्ले प्राथमिक विद्यालयमा अनुगमन गर्नुभएको छ । संघीय संरचना अनत्रगर्तका सरकारको अनुगमन समेत पर्न नसक्दा अझेलमा परेको किम्ले प्राथमिक विद्यालयको गलको6 नगरपालिकाका नगर प्रमखु गैरेले अनुगनम गरेका छन् ।

    नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा लगायतको टोलीले विद्यालयको निरीक्षण तथा शैक्षिक व्यवस्थापनको अनुगमन गरेका थिए ।

    विद्यालयको अनुगमन पश्चात गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयको भौतिक पुर्वाधारको लागि नगरले विशेष सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    उनले भौतिक संरचनाको ब्यबस्थापन नहुदाँ शिक्षणशिकाई क्रियाकलाप प्रभाकारी नुहने भएको बताउदैं बिद्यालयको पुर्वाधार् बिकासमा नगरपालिकाकाले विशेष सहयोग गर्ने बताए।

    नगरपालिकाले चालु आर्थिक वर्षमा विद्यालयको भवन मर्मतको लागि ३ लाख रुपैया विनियोजन गरेको छ । करिब २५ जना विद्यार्थी र ३ जना शिक्षक दरबन्दिमा रहेको विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षकलाई नगर उपप्रमुख रेनुका काउचाले आग्रह गर्नुभयो  गरिन् ।

    सो अवसरमा विद्यालयको भौतिक संरचना ममर्तको लागी नगरप्रमुख गैरेलाई मागपत्र समेत प्रदान गरिएको थियो । त्यस्तै नगरप्रमुख सहितको टोलीले गलकोट नगरपालिका वडा नम्वर ११ को खेरादिमा नयाँ निर्मीत मोटरवाटोको अवलोकन गरेका थिए ।

    नगरप्रमुख गैरेले स्थानीयसँग छलफल कार्यक्रममा नागरिकहरुसँग प्रत्यक्ष रुपमा भेटेर नागरिकहरुको समस्या र समाधानको लागि आफु र नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # गलकाेट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार