दुखद समाचार: बस दुर्घटना ३ जनाको मृत्यु, २८ घाइते

दुखद समाचार: बस दुर्घटना ३ जनाको मृत्यु, २८ घाइते

  • बैशाख ५, २०७८ आइतवार
  • ०६:५६:४७ बजे
  • 8.2K
    SHARES
  • दुखद समाचार: बस दुर्घटना ३ जनाको मृत्यु, २८ घाइते
    फाइल तस्बिर

    नवलपरासी : पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २  दाउन्ने सडक खण्डमा शनिबार साँझभएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको निधन भएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएका ३१ मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा गएराति निधन भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।  

    अन्य  घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।  जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाइतेहरुलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा भर्ना गरिएको छ । 

    बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ख ७००० नम्वरको बस अनियन्त्रित भई दाउन्ने बजार नजिक सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार