काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु 

कोरोना संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु 

  • बैशाख १५, २०७८ बुधवार
  • १४:२६:०४ बजे
  • 8.5K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु 
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ११ की ६१ वर्षीया महिला कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक

    डा. विनोद विन्दु शर्माद्वारा जारी विज्ञप्तीमा बागलुङकी एक महिलासहित दुई जनाको मृत्यु भएको छ । अर्का मृत्यु हुनेमा खोरखा जिल्ला गोरखा नगरपालिका वडा नम्बर १४ का ५५ वर्षीय पुरुष रहेका छन् । बागलुङकी संक्रमित वृद्धामा बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै गोरखाका पुरुषमा बैशाख ८ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार आजैनै बागलुङमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १५ जना बागलुङ नगरपालिका र २ जना निसीखोला गाउँपालिका रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमितकाे मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार