काेराेना कहर

कोरोना संक्रमणबाट बुर्तिबाङमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बुर्तिबाङमा एक जनाको मृत्यु

  • जेठ १२, २०७८ बुधवार
  • १६:०२:१६ बजे
  • 6.8K
    SHARES
  • कोरोना संक्रमणबाट बुर्तिबाङमा एक जनाको मृत्यु
    फाइल तस्बिर

    बुर्तिबाङ : कोरोना संक्रमणबाट बुर्तिबाङमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ का ७९ वर्षीय पुरुषको मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रकी सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिइन् ।

    स्वास्थ्यमा समस्या भएर गत जेठ ४ गते स्वास्थ्य केन्द्रमा आएका पुरुषको ५ गतेको स्वाब संकलन गरि धौलागिरी अस्पतालमा पठाएको र ११ गते मात्रै उनीमा संक्रमण पुष्टि भएको अर्यालको भनाई छ । उनको बुधबार दिउसो १ बजे मृत्यु भएको अर्यालयको भनाई छ ।

    यहाँको कोभिड अस्पतालमा हाल ४ जना संक्रमित उपचाररत रहेका छन् । ४ जना संक्रमण मुक्त भएर घर फर्किसकेको बताइएको छ ।  पछिल्लो समय स्वासप्रस्वासमा समस्याका बिरामीहरु अस्पतालमा आउन थालेको अस्पतालले जनाएको छ ।

    जैमिनीमा एकै पटक थपिए ७४ संक्रमित
    बागलुङको जैमिनीमा एकै दिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा नगरपालिकाका विभिन्न वडाका ७४ जनामा कोरोना पुष्टि भएको हो । जैमिनी नगरपालिका वडा नम्बर १० एक जना, वाड नम्बर ८ छिस्तीका ४ जना, वडा नम्बर ७ जैदिका २३ जना, वडा नम्बर ६ अर्जेवाका २३ जना,

    वडा नम्बर ५ बिनामारेका १० जना वडा नम्बर ३ उपल्लो दमेकका १ जना, वडा नम्बर २ तल्लो दमेकका ८ जना र वडा नम्बर १ कुश्मिसेराका ४ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका मध्ये वडा नम्बर ३ का एक जना, वडा नम्बर १० का एक जना र

    वडा नम्बर २ का दुई जनाको बागलुङ आएर परिक्षण गराउँदा संक्रमण देखिएको हो । जेठ ६ र ७ गते वडा वडामै पुगेर नगरपालिकाले १ सय ९ जनाको स्वाव संकलन गरी बागलुङ ल्याइएको थियो ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमितकाे मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार