काेराेना कहर

कोरोना संक्रमणबाट ७ महिनाकी गर्भवतीसहित ४ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट ७ महिनाकी गर्भवतीसहित ४ जना संक्रमितको मृत्यु

  • जेठ १३, २०७८ बिहिवार
  • १५:१६:५१ बजे
  • 3.5K
    SHARES
  • कोरोना संक्रमणबाट ७ महिनाकी गर्भवतीसहित ४ जना संक्रमितको मृत्यु
    फाइल तस्बिर

    गुल्मी : गुल्मीमा बिहीबार एक गर्भवती महिला सहित ४ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ की २१ वर्षकी सात महिनाकी गर्भवतीको लुम्बिनी मेडिकल कलेज पाल्पामा क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। उनमा जेठ ९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो ।

    यस्तै सोही गाउँपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको पनि उपचारको क्रममा प्रभासमा नै मृत्यु भएको छ । उनमा जेठ ५ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो । सोही गाउँपालिका वडा नम्वर ६ का ५७ वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा आजै मृत्यु भएको छ । उनमा बैशाख १९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो ।

    यस्तै रेसुंगा नगरपालिका वडा नम्वर दुईका ८० वर्षीय बृद्धको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए। उनमा बैशाख ३० गते कोरोना पोजेटिभ देखिएको थियो ।

    यो संगै गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । गुल्मीमा सक्रिय संक्रमितको संख्या ७ सय ८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ भने, हालसम्म १ हजार १ सय २४ जना संक्रमित निको भएको बताइएको छ ।

    सम्बन्धित समाचार