स्याङ्जा : स्याङ्जामा बालिकालाई जवरजस्ती बलत्कार गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् । हरिनास गाउँपालिकाबाट जवरजस्ती करणी गरेको आरोपमा एकती युवालाई प्रहरीले पक्राउ गरेको हो ।
हरिनास गाउँपालिका वाड नम्बर ७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापाले १३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ ।
थापालाई करणी सम्बन्धी कसुर “जबरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमती लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार र्कार्तिक १२ गते साँझ साढे पाँच बजेको समय बालिकालाई थापाले जवरजस्ती करणी
गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैइरहेको जनाएको छ ।