गर्भवती महिला सुत्केरी नहुँदै फेरि भइन् गर्भवती

गर्भवती महिला सुत्केरी नहुँदै फेरि भइन् गर्भवती

  • पौष १९, २०७७ आइतवार
  • २१:५२:१२ बजे
  • 5.2K
    SHARES
  • गर्भवती महिला सुत्केरी नहुँदै फेरि भइन् गर्भवती

    पेटमा बच्चा हुँदा फेरि गर्भवती भएको कुरा विश्वास लाग्दैन, यो अपत्यारिलो जस्तै लाग्छ। 

    अमेरिकामा यस्तै एक अपत्यारिलो तथा दुर्लभ घटना भएको छ। अमेरिकामा एक महिलाको पेटमा दुई बच्चा हुँदा पनि फेरि गर्भवती भएकी छन्।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सामाजिक सञ्जाल टिकटकमा निकै चर्चित ती 

    महिलाले आफू सुत्केरी नभएरै फेरि गर्भवती भएको जानकारी टिकटकमार्फत दिएकी छन्। टिकटकमा सो भिडियो भाइरल बनेको जनाइएको छ।

    उनले आफ्ना दुई बच्चाभन्दा तेस्रो बच्चा १०, ११ दिन कान्छो भएको बताएकी छन्।

     उनले यो घटनालाई सुपर फटिशीन भन्दै आफ्ना तीन नै बच्चा स्वस्थ रहेको बताएकी छन्। चिकित्सकहरुले संसारमा यसप्रकारका घटना निकै कम हुने बताएका छन्।

    ती महिलाले आफू पहिलो पटक गर्भवती भएको र सायद अन्तिम पटक गर्भवती हुने बताएकी छन्। उनले एकै पटक तीन बच्चालाई जन्म दिने छिन्। (एजेन्सी)

    सम्बन्धित समाचार