उद्धार

बुर्तिबाङबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बुर्तिबाङबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

  • माघ २४, २०७७ शनिवार
  • १४:३२:२८ बजे
  • 5.3K
    SHARES
  • बुर्तिबाङबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

    बागलुङ : बडिगाडकी एक गर्भवतीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरकी २७ वर्षीया शान्ता खनाललाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

    खनाललाई सुत्केरी व्यथा लागेर शनिबार विहान बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । खनालमा उच्च रक्तचाप, बेहोस हुने, काँप्ने र अत्याधिक रक्तश्रावको समस्या देखिएको थियो । उनीको स्वास्थ्यमा थप समस्या देखिँदै गएपछि हेलिकप्टर मार्फत उद्धार गरी गण्डकी अस्पताल, पोखरा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मिलन मल्ले जानकारी दिए ।

    सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश पोखराको आमा सुरक्षा कार्यक्रम अन्तर्गत खनालको उद्धार गरिएको हो । उनलाई प्रभु एअरको हेलिकोप्टर मार्फत पोखरा पठाईको हो । 

  • सम्बन्धित विषय:

  • # गर्भवती

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार