गर्भवती प्रियंकाकालाई तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

गर्भवती प्रियंकाकालाई तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

  • आषाढ २१, २०७८ सोमवार
  • १७:३४:४० बजे
  • 5.0K
    SHARES
  • गर्भवती प्रियंकाकालाई तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

    अभिनेत्री प्रियंका कार्कीले ‘बेबी सावर’मा रमाइरहेका तस्बिर सार्वनजनिक गरेकी छिन् । प्रियंकालाई उनका सथिहरुले ‘बेबी सावर’ पार्टी दिएका हुन्। बिदेसमा बेबी सावर सामान्यतय गर्भवती महिला ५ महिना पुगेपछि बच्चाको लिं–ग पहिचान भएपछि केहि नजिकको साथीहरु र परिवारको सदस्य उपस्थित भएर मनाउने गरिन्छ।

    priyanka 1.jpeg

    यो बिदेशी चलन भएपनि पछिल्लो समय यो चलन नेपालमा पनि भित्रिएको छ। केहि महिना अघि सामाजिक संजालमा आफु गर्भवती भएको खुलासा गरेकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले ट्रोल बनाएका थिए । केहि न केहि कारण चर्चामा आइरहने प्रियंका अहिले भने उनि आफ्नो ‘बेबी बम्प’ देखाएर खिचिएको तस्विरको कारण चर्चामा छिन्।

    priyanka 2.jpg

    प्रियंका बेला–बेलामा चर्चामा आइरहन्छिन। उनि पछिल्लो समय सामाजिक सञ्जाल इन्टाग्राममा निकै नै सक्रिय छिन् । उनको हाल इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्।

    उनि अहिले आफ्नै घरमा बसेर गर्भाअवस्थाको मज्जा लिईरहेकी छिन् । प्रियंकाले आफ्नो डेलिभर डेट ठ्याक्कै नबताए पनि आगामी सेप्टम्बर महिनापछि बच्चा जन्मिने बताएकी छिन्। उनले आफ्नो बेबी बम्पको तस्विर सामाजिक संजालमा शेयर गरिरहन्छिन्।

    priyanka 3.png

  • सम्बन्धित विषय:

  • # गर्भवती
  • # प्रियंका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार