दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी ४ वर्षीया बालिका बलात्कृत

दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी ४ वर्षीया बालिका बलात्कृत

  • माघ २६, २०७७ सोमवार
  • १२:२१:५० बजे
  • 6.6K
    SHARES
  • दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी ४ वर्षीया बालिका बलात्कृत
    प्रतिकात्मक तस्बिर

    गोरखा : एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

    गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

    सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले बताए ।

    माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ । ‘घटनाबारे बालिकाले आमालाई भनिछन्, भोलिपल्ट एसेम्ब्लीमा यो केटा हो भनेर देखाएपछि किशोरलाई पक्राउ गरेका हौं,’ उनले भने ।

    गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार