२० वर्षे युवती बलात्कार गर्ने राई पक्राउ

२० वर्षे युवती बलात्कार गर्ने राई पक्राउ

  • माघ ३०, २०७७ शुक्रवार
  • ०८:२७:१९ बजे
  • 8.0K
    SHARES
  • २० वर्षे युवती बलात्कार गर्ने राई पक्राउ
    प्रतिकात्मक तस्बिर

    उदयपुर :बरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर जिल्लाको त्रियुगाका २२ वर्षीय साईमन राई बुधबार दिउँसो पक्राउ परेका हुन् ।

    साईमनले ती युवतीलाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । पछिल्लो समयमा मन मिलुन्जेल सँगै बस्ने र मन नमिलेपछि बलात्कारको आरोप लगाउने चलन पनि बढिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार