रोजिला आचार्य : हाम्रो देश नेपाल एक हिन्दु राष्ट्र हो, जहाँ नारीलाई एक देवीको अवतार मानिन्छ र पूजा गरिन्छ। तर अहिलेको समयमा यही देशमा नारी सुरक्षित हुने स्थिति छैन । हाम्रो समाज र देशको हरेक स्थानका मानिसहरूका मस्तिष्कमा नारीहरूलाई हेरिने र गरिने व्यवहार यति धेरै तुच्छ र घृणित भएको छ कि सोच्दा पनि मन नै छियाछिया भएर आउँछ।
गर्भमा रहेको छोरी देखि लिएर भर्खर तोते बोल्न सुरु गरेकी बच्ची, १३र१४ वर्षकी कलिली बालिका या त बिहे गरेकै युवति किन नहोस् उनीहरूले सुरक्षित महसुस गर्न सक्ने वातावरण छैन । केही उदाहरणहरूलाई केलाएर हेर्दा गर्भमा रहेका बालिका देखि वृद्धसम्म सुरक्षित छैनन् । माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन् ।
बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन् । सौतेनी बाबुबाट बलात्कृत काठमाडौँको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवन मरणको सङ्घर्षमा छिन् । गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीय युवतीको हत्या प्रयास भएको थियो ।
युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । दाँतहरूसमेत फुटेका छन् । यो त केही उदाहरणहरू मात्र हुन् । यस्ता घटनाहरू हाम्रो समाजमा दिनहुँ घट्ने गरेका छन् ।नेपाल प्रहरीका नवीनतम तथ्याङ्क अनुसार बलात्कारका घटना विगतका वर्षभन्दा बढिरहेको छ जहाँ,२हजार १ सय ४४ बलात्कारको घटना र, ६ सय ८७ बलात्कारको प्रयास भएको बताइएको छ ।
अधिकांश पीडितहरू नाबालक केटीहरू रहेका छन् । हाम्रो समाजमा अहिले नारीलाई ३३ प्रतिशत हक र अधिकार प्रदान त गरिएको छ तर यो पुरुष प्रधान मानसिकता अझै मानिसहरूको मस्तिष्कबाट विलीन हुन सकिरहेको छैन।
बलात्कार किन भयो तरु भन्ने प्रश्नको चर्चा हर बार हुन्छ।तर के कारणले भयो त भन्दा सबै दोष जति नारीहरूको देखाइन्छ । उनीहरूले बोल्ने शैली देखि लिएर लगाउने कपडा र चरित्रलाई एउटा तराजुमा राखेर जोखेरै मोलतोल गरिन्छ।
ए मूर्ख मानवहरू अब त आफ्नो घटिया सोच र मानसिकतालाई परिवर्तन गर । त्यो आँखामा लगाएको पट्टी खोलेर त हेर, जुन समाजमा छोरी देवी का स्वरूप हुन् भनेर पूजा गरिन्छ, जुन समाजमा ९ दिनसम्म देवीको आराधना गरेर दसौँ दिन विजयादशमी मनाइन्छ त्यही समाजमा गर्भमा छोरी भएको थाहा पाउन साथ भ्रूण हत्या किन गरिन्छ ?
यदि हामीले लगाएको पहिरन छोटो भएकै कारण पुरुष आकर्षित भएर यो घटना हुन पुग्छ भने त्यो बोलि नै नफुटेको ३ वर्षकी कलिली बच्ची को चाहिँ के कारण बलात्कार भएको हो तरु यो कुरा प्रस्ट्याउन मलाई गाह्रो भएको छ। सोच्दा पनि मन सिरिङ्ग हुन्छ।
पहिलाको तुलनामा अहिले छोरी र चेलीहरू बलात्कार विरुद्ध चाहे सडकमा उत्रिएर होस् या सामाजिक सञ्जालको सहायताले होस् सबै यस तुच्छ प्रवृत्ति विरोध गरिरहेका छन् ।
हरेक चेलीको मुख मस्तिष्कबाट एउटै आवाज निस्किरहेको छ बलात्कारीलाई फाँसी दे। तर यति धेरै विरोध कार्यक्रम गरे पनि, सरकारलाई दबाब दिने प्रयास गरे पनि, सरकारको निर्लज्ज प्रवृत्ति देख्दा कन्पारो तातेर आउँछ।
ती पीडित नारीहरूको मन छिया-छिया त पक्कै हुन्छ जो बलात्कृत भएर हाम्रै समाजमा अपमानित भएर बाँच्न बाध्य छन् । जो चेलीहरू मरेर गए उनीहरूको परिवारले अझै न्याय पाउन सकेका छैनन्। ती आफ्ना छोरी सम्झेर आमाहरूको त्यो कोमल मन कति तड्पिन्छ होला ?
भावनात्मक , सामाजिक र मानसिक रूपमा पुगेको यो क्षतिको पूर्ति कसले गर्नेरु के हो क्षतिको लागि कुनै पनि दण्ड पर्याप्त हुन्छरु कुनै पनि दण्ड ले आमाको मन बुझाउन सक्छ होलारु अहँ कदापि सक्दैन‘।। अहिले पनि जो चेलीहरू छात्राहरू विद्यालय, कलेज जान्छन्, अफिस जान्छन् उनीहरूको सुरक्षा मा पनि प्रश्न चिन्ह खडा भएको छरु उनीहरू डराएर नै हिँड्न बाध्य भइरहेका छन्।
यस्ता घटनाक्रम हुन नदिनको लागि हाम्रो सरकारले केही निति नियम निकालेको छरु के प्रस्ताव पारित गरेको छरु यति धेरै सामाजिक सञ्जाल तथा सडकमा उत्रिएर विरोध गर्दा पनि अहिलेसम्म सरकारको यस विषयप्रति के(कस्तो ध्यानाकर्षण भयो त ?
यस्ता घटनाक्रम हुन नदिनको लागि कडा नीति नियमको प्रस्ताव निकाल्न त कुरै छोडौँ,छोरी चेलीको सुरक्षाको स्थिति ध्यानमा राखेर ४० वर्ष भन्दा कम उमेरका महिलाहरूले विदेश जानुभन्दा अगाडि वडाको सिफारिस र परिवारको स्वीकृति लिएर मात्र विदेश जान पाउने नियम सरकारद्वारा पारित भएको छ। महिलाहरूको साँच्चै कमजोर छन् तरु कमजोर छन् भने किन भए तरु यो एक गम्भीर प्रश्न हो जसमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ।
महिलाहरू कमजोर छन् उनीहरूलाई सुरक्षा दिनुपर्छ तर त्यसको मूल्य पनि चुकाउन जरुरी छ भन्ने यो एकदमै तल्लो स्तरको सोचको अन्त्य हाम्रो समाजमा देशबाट कहिले हुनेरु समाज देखि सामाजिक सञ्जाल सम्म महिलालाई पुरुष ले चाहे त्यो प्रेमिका होस् या श्रीमती होस कामवासना पूरा हुन्जेल रानी ‘।। पुरा भएपछि चरित्रहीन देख्ने कु मानसिकता कहिलेदेखि अन्त्य हुने ?
हरेक दिन बलात्कारका घटनाहरू आइरहेका छन् कुन दिनदेखि महिलाहरूले चाहे बच्चा होस् या जवान‘। सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्ने र रातिको ७-८ बजेदेखि गर्भबाट निस्कन प्रतिबन्ध गरिएको छ भन्ने खालका नीति नियम निकाल्न पनि हाम्रो सरकारले सङ्कोच मान्छन् जस्तो मलाई लाग्दैन ।
यस्तो घटिया प्रस्ताव अघि बढाउने सरकारलाई के भन्न सकिन्छरु कस्तो आँट ? कस्तो प्रवृत्तिरु सरकारको यो तुच्छ नपुङषक निर्णयप्रति दया लागेर आउँछ। सरकार बलात्कारीलाई फाँसी दे१११ यदि फाँसी दिन सक्दैनस् भने कमसेकम एक जना बलात्कारीको लिङ्ग काटेर सकुशल शल्यक्रिया गरेर खुल्ला छोडिदे।
ताकि फेरि यो दुष्कर्म गर्नुअघि कुनै पनि बलात्कारी ले १० पटक सोचोस् र यो दुष्कर्म कहिल्यै नदोहोरियोस्। सबै महिला र बालबालिकाहरूको स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ । निर्मला पन्त र भागरथि भट्ट जस्ता चेली न्याय पाउनुपर्छ।केटीएम दैनिकबाट