दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी बलात्कृत भइन् शाैच गर्न निस्किएकी १४ वर्षीया किशोरी

दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी बलात्कृत भइन् शाैच गर्न निस्किएकी १४ वर्षीया किशोरी

  • माघ २९, २०७७ बिहिवार
  • ०७:१६:०७ बजे
  • 6.3K
    SHARES
  • दिनदिनै बढ्दै बलात्कारका घटना, फेरी बलात्कृत भइन् शाैच गर्न निस्किएकी १४ वर्षीया किशोरी
    सांकेतिक तस्बिर

    माेरङ : राति शौच गर्न निस्केकी जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् ।  

    आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

    उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

    ‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ ।

    एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’  घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् । 

    त्यस समयमा दुवैजनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन् ।  ‘दीपेश यादव र अजय धोबियाले जबर्जस्ती गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’

    अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए । ‘

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार