मृत्युदर बढ्दाे

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

  • बैशाख ३०, २०७८ बिहिवार
  • ०९:३३:०३ बजे
  • 5.5K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय पुरुषको बिहिबार विहान मृत्यु भएको हो ।

    धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका उनको बिहिबार विहान ७ बजे मृत्यु भएकोस्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल आएको घिमिरेको भनाई छ ।

    मृतक वृद्धको आज बिहान मात्रै कोरोना पोजेटिभ रिर्पोट आएको घिमिरेले बताउनुभयो । पछिल्लो केही दिन यता संक्रमितको संख्या बढि रहेको छ । योसँगै बागलुङमा कोरोना संक्रमणबा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    यो पनि पढ्नुहोस्
    बागलुङमा थप १०२ जनालाई कोरोना संक्रमण 
    बागलुङ : बागलुङमा थप एक सय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका १ सय २ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    बागलुङ नगरपालिकाका ९५ जना, निसीखोला गाउँपालिकाका ५ जना र बडिगाड गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाका वडा नम्बर २ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का १८ जना, वडा नम्बर ७ का २१ जना, वडा नम्बर ९ का २८ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १४ का १९ जनालाई संक्रमण पुष्टि भएको बताए । बागलुङ नगरपालिकाका ३ जनाको वडा खुलेको छैन ।

    निसीखोला गाउँपालिका वडा नम्बर २ का १ जना र वडा नम्बर ४ का ३ जनालाई संक्रमण पुष्टि भएको छभने बडिगाड गाउँपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको छ । बडिगाड गाउँपालिकाका दुई जनाको वडा खुलेको छैन । बागलुङ नगरपालिका, धौलागिरी अस्पताल, निसीखोला र बडिगाड गाउँपालिकाका १ सय ७६ जनाको स्वावको परीक्षण  गर्दा १ सय २

    जनालाई संक्रमण पुष्टि भएको उनको भनाई छ । बागलुङ नगरपालिकाले संकलन गरेको १ सय ३१ जनाको स्बावको परीक्षण गर्दा ८९ जनालाई, धौलागरी अस्पतालमा संकलन भएको ७ जनाको स्वाब परिक्षण गर्दा ६ जनालाई, बडिगाको दुई जनाको परिक्षण गर्दा दुई जनालाई र निसीखोला गाउँपालिकाको ३६ जनाको  परिक्षण गर्दा ५ जनालाई संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमितकाे मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार