पाेखरा : प्रदेशसभा चलिरहदाँ हराएका जनमोर्चाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पनि दुई थरी पाइएको छ । कोरोना पोजेटिभ आएर पोखराको चरक मेमोरियल हस्पटीलमा भर्ना भएको सांसद शाहीको दुई ओटा रिपोर्टमा फरक फरक नतिजा छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बैशाख १४ गते लिएको गण्डकी प्रदेश सभाका सांसदको स्वाबको रिपोर्ट बैशाख १५ गते बिहान ७ः२० बजे आएको छ । त्यो रिपोर्टमा सांसद शाहीको रिपोर्ट नेगेटिभ छ । त्यो रिपोर्टले शाहीमा कोरोना संक्रमण नभएको पुष्टी गर्दछ । संसद सचिवालयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिउसो संसद स्थगित भएपछि स्वाब संकलन गरेको थियो ।

तर आज सांसद हराएपछि लाइफ केयर डाइनग्लोस्टीकमा लिएको रिपोर्टमा पोजेटिभ देखिएको छ । यो रिपोर्टले उनमा कोरोना संक्रमण पुष्टी गर्दछ । लाइफ केयरको रिपोर्टको मिति वैशाख १५ गते विहान ७।३० बजे उल्लेख छ । १० मिनेटको फरकमा सार्वजानिक भएको रिपोर्ट फरक फरक छ ।

लाइफ केयरमा शाहीको स्वाब संकलन बैशाख १४ गते साँझ ४ बजे गरेको स्पष्ट उल्लेख छ । त्यसको रिपोर्ट बैशाख १५ गते बिहान ७ः३० बजे आएको छ । यसले ल्यावको विश्वानियतामा नै प्रश्न उब्जेको छ । सांसदहरुले नै प्रयोगशालामाथि नै छानविन हुनुपर्ने बताएका छन् ।
