चलखेल

स्वाब रिपोर्ट नै गलत, सांसद शाहीले ‘झुट’ बोलेको आशंका !

स्वाब रिपोर्ट नै गलत, सांसद शाहीले ‘झुट’ बोलेको आशंका !

  • बैशाख १६, २०७८ बिहिवार
  • १४:१९:४१ बजे
  • 3.9K
    SHARES
  • स्वाब रिपोर्ट नै गलत, सांसद शाहीले ‘झुट’ बोलेको आशंका !

    पोखरा : अविश्वास प्रस्तावको मतदानको दिन अचानक बिरामी भएर अस्पताल पुगेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानबिन समिति गठन गरेको छ ।

    बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए । उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    संसद स्थगित भएपछि चाहिँ सम्पर्कविहीन भएका शाही चरक अस्पतालको स्विट रुम ६१५ मा भर्ना भएको खुलेको थियो । उनलाई कोभिड पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यद्यपी बुधबार बिहानको सरकारी ल्याब जनस्वास्थ्य

    प्रयोगशालाको परीक्षणमा चाहिँ शाहीको कोरोना रिपोर्ट नेगेटिभ छ । तर, सरकारी रिपोर्टलाई उछिनेर यहाँको एक निजी ल्याब लाइफकेयर डायग्नोष्टिक प्रालिले चाहिँ ३६ मिनेट अगावै सांसद शाहीलाई पोजेटिभ भएको कोरोना रिपोर्ट दिएको थियो ।

    तर, उनको स्वाब रिपोर्ट नै गलत रहेको भेटिएको छ । लाफ केयर डायग्नोस्टिकले अप्रिल २७ दिउँसो ४ बजे स्वाब संकलन गरेको देखाएको छ । त्यतिबेला उनी संसद भवनमै स्वाबको लाइनमा थिए । शाहीले करिब ६ बजेसम्म संसद परिसरमै बिताए । दुईवटा रिपोर्ट हेर्दा कुनै पनि तथ्य मिल्दैन ।

    लाइफ केयरमा उनको रिपोर्ट २८ अप्रिल साढे ७ बजे निकालिएको छ । प्रदेश जनस्वास्थ्यले भने १५ गते बिहान ७ बजेर २० मिनेटमा रिपोर्ट निकालेको छ । लाइफ केयरको रिपोर्टमा उनको फोन नम्बर र वर्षसमेत फरक लेखिएको छ । दुईथरी रिपोर्ट हेर्दा सांसद शाहीले झुट बोलेको स्पष्टै हुन्छ । 

    चरक हस्पिटलमा भर्ना भएपछि बुधबारै लिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उक्त रिपोर्टको नतिजा बुधबार साँझ आएको हो । प्रदेश सभाका सबै सांसद र कर्मचारीको मंगलबार स्वाब लिइएकामा बुधबार बिहान सबैको नतिजा आएको थियो ।

    सांसदत्रय राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आएको थियो ।  चरकमा भर्ना भएपछि उनको फेरि स्वाब संकलन गरिएको थियो । जनस्वास्थ्य प्रयोगशालामा गरिएको उक्त परीक्षणमा स्वाब संकलन गरिएको र रिपोर्ट आएको समय जम्मा एकमिनेटको छ ।

    स्वाब संकलनको एक मिनेटमा नै कोरोना रिपोर्ट आएपछि फेक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ । यद्यपी, प्रयोगशालाले चाहिँ बिहीबार एक विज्ञप्ति जारी गर्दै डल्फिन सफ्टवेयरमा रजिष्ट्रेसन र रिपोर्ट इन्ट्री टाइम एकैपटक परेको भन्दै स्पष्टीकरण दिएको छ ।

    तर, चरक अस्पतालमा भर्ना भएका सांसद शाही आईसीयूमा भर्ना भएको भन्ने अस्पताल प्रशासनको जवाफ पनि विवादित बनेको छ । पछिल्ला यी विवादित र शंकास्पद गतिविधि देखिएको हुँदा जनमोर्चा केन्द्रले विज्ञप्ति नै जारी गरेर आफ्ना सांसदलाई बन्दी बनाइएको आरोप लगाएको छ ।

    जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै, “स्थिती सार्वजनिक गर्न” माग राखेकी छन् । आफ्ना सांसद अस्पतालमा भर्ना भएपछि भेट्न गएका जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई अस्पताल प्रशासनले भेट दिएन । तर, उनले बिहीबार चाहिँ सांसद शाहीलाई भेटेका छन् ।

    सांसद शाहीसँगको भेटपछि उनले टाढैबाट हाइहेलो मात्र भएको जनाएका छन । “उहाँसँग टाढैबाट हाइ हेलो भएको छ । अरु कुराकानी केही भएको छैन । कोभिड वार्डमा हुनुहुन्छ । भेट्ने काम भयो, धेरै कुरा भएको छैन । टेलिफोनमा कुरा गरौँला फोन अन गर्नुहोस् भनेर आएको छु,” बरालले भने ।

    यस्तै, उनको विषयमा छानविन गर्न जनमोर्चाले समिति पनि बनाएको छ । यो समितिको संयोजकमा जनमोर्चाका महासचिव मनोज भट्ट रहेका छन् । बाह्रखरीबाट

  • सम्बन्धित विषय:

  • # खिमविक्रम शाही

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार