बार्तिबाङ : नेपाली कांग्रेसले तीव्र रुपमा फैलिरहेको दोश्रो चरणको कोभिड–१९ बाट बच्न आम नागरिकलाई अनुरोध गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङका सभापती दोर्णकुमार कुवँरले प्रेस विज्ञप्ती जारी नागरिकले सतर्कता अपनाउन आग्रह गरेको हो ।
कांग्रेसले बागलुङ क्षेत्र नम्बर २ मा रहेका छ पालिकामा समुदायमा संक्रमणको जोखिम उच्च देखिएको भन्दै आम नागरिकलाई कोभिड–१९ जोगिन सरकारले निर्देशन गरेका स्वास्थ्य सुरुक्षा मापदण्डलाई पालन गर्न जोड दिएको छ भने स्थानीय तहहरुलाई नागरिकको जीवन रक्षाका लागि तयारीलाई तीव्र पार्न आग्रह गरेको छ । विज्ञप्तीमा सरोकाररवाला निकायहरुलाई आवश्यक स्वास्थ्य सामग्री, आइशोलेसन, अक्सिजन लगायतको सही व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराइएको छ ।
संक्रमितको सम्पर्कमा आएका नागरिकहरुको समयमै कन्ट्रयाक टेसिङलाई प्रभावकारी बनाउन समेत आग्रह गरेको छ । गाउँ तथा नगरपालिका मातहत रहेका स्वास्थ्य इकाईहरुमा अक्सिजन सहितको आइसोलेशन वार्डको पर्याप्त व्यवस्था गर्न समेत अनुरोध गरेको छ । लकडाउन कारण आर्थिक संकटमा परेका नागरिक तथा श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्य योजना ल्याउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
१० दिनका लागि यस क्षेत्र भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुले दिने सेवाहरु तत्कालका लागि बन्द गर्न ईलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलाई महामारी रोकथामका लागि लाग्न आग्रह गरेको छ । संक्रमित भएका नागरिकहरुका् स्वास्थ्य लाभको कामना गर्दै संक्रमणबाट ज्यान गुमाएका प्रति दुख व्यक्त गरेको छ ।