सराेजराज पन्त
जनताको करको श्राप त जोगाइ ए सरकार
अस्पतालमा गुन्जेका चित्कार सुन हे सरकार !
जीवनका लागि छटपटाएका दृश्य हेर न सरकार !
मानवताको लागि त थोरै गम्भिर भइदे सरकार !
अब फजुल सपना बाडँन छाडी दे सरकार !
प्राण रक्षाको लागि अक्सिजन त पु¥याइदे सरकार !
बरु हामीलाई पानीजहाज चाहिदैन सरकार !
पढन नपाइने चुच्चे नक्सा पनि के गर्ने सरकार
स्मार्ट– सिटीको झुत्रो समृद्धि चाहिदैन सरकार !
काम सम्पन्न नहुदै उद्घघाटन किन गर्नु र सरकार !
कोरोना खोपको सपना बाडँन छाडी दे सरकार !
प्राण रक्षाको लागि अक्सिजन त पु¥याइदे सरकार !
बर्षो सम्पन्न नहुने शिलान्यास छाडी दे सरकार !
घरघरमा पाइपबाट ग्यास ल्याउन पर्देन सरकार
संविधानको स्वास्थ्य अधिकार त हरायो सरकार
गास वासको कर्तव्य बोध के बाँकी रह्यो र सरकार !
समृद्घ नेपाल सुखी नेपालीको नारा सपना भो सरकार !
प्राण रक्षाको लागि अक्सिजन त पु¥याइदे सरकार !
शान्ति र दीगो विकास टाढा भै गो सरकार
कमिशन र भष्ट्रारको दलदलमा नफस्न सरकार
समय र परिस्थितिको त ख्याल गर न सरकार
मृतकको तथ्याङ्कमात्र हेरेर के बस्छस र सरकार ?
कुर्सीको लागि मात्र कति ध्यान दिन्छस एं सरकार !
प्राण रक्षाको लागि अक्सिजन त पु¥याइदे सरकार !