संघीयता र भ्रष्टाचार विरुद्ध जनमोर्चाको मोटरसाईकल -याली

संघीयता र भ्रष्टाचार विरुद्ध जनमोर्चाको मोटरसाईकल -याली

  • पौष ३, २०७७ शुक्रवार
  • २०:५९:०३ बजे
  • 5.8K
    SHARES
  • संघीयता र भ्रष्टाचार विरुद्ध जनमोर्चाको मोटरसाईकल -याली

    बागलुङ : राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङमा मोटरसाईकल -याली गरेको छ ।

    गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं भन्ने नाराका साथ शुक्रबार बागलुङ बजारमा मोटरसाईकल -याली सम्पन्न गरेको हो ।

    जुलुसपछि विरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले संघीयता नेपालमा असफल बन्दै बताए ।

    राष्ट्रियता कमजोर बन्दै गएको बेला सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै संघीयता विरुद्धको आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले संघीयता देशका लागि भार भएको बताए ।

    उनले सरकारका गतिविधिका कारण जनतमा निराशा छाएका र अहिले प्राप्त उलब्धी पनि गम्ने खतरा बढेको बताए । कार्यक्रम जिल्ला सचिव भिमलाल पोखरेलले सञ्चालन गरेका थिए ।

    विभीन्न ठाउँबाट आएका मोटरसाईकल जुलुस राष्ट्रिय जनमोर्चा कार्यालयबाट सुरु भई चिप्लेटी बसपार्क, रुद्रेपिपल, अस्पताल लाईन, धवलागिरी चोक,

    जीपपार्क, क्याम्पस गेट, दर्शन ट्रान्सपोर्ट, एटिएम चोक, शिवधारा चोक, राधाकृष्ण मन्दिर, लालीगुराँस चोक, धवलागिरी चोक, लोकतान्त्रिक चोक, उद्योग वाणिज्य संघ रोड,

    जिल्ला प्रशासन चोक, जनमोर्चा कार्यालय चोक, समिट चोक, हल्लन चोक हँुदै लोकतान्त्रिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

  • सम्बन्धित विषय:

  • # जनमोर्चा
  • # संघीयता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार