बरेङ १ धुल्लुबाँस्कोटमा राजमोका नरसेङ पुन विजयी 

बरेङ १ धुल्लुबाँस्कोटमा राजमोका नरसेङ पुन विजयी 

  • जेठ १, २०७९ आइतवार
  • ०८:४३:३५ बजे
  • 2.8K
    SHARES
  • बरेङ १ धुल्लुबाँस्कोटमा राजमोका नरसेङ पुन विजयी 

    बागलुङ : जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबाँस्कोट राष्ट्रिय जनमोर्चाका नरसेङ पुन विजयी भएका छन् । पाँच दलिय गठबन्धनका तर्फबाट  अध्यक्ष नरसेङ पुन १ हजार ४ सय ४१ मत, महिला सदस्य चन्द्रकला क्षेत्री थापाको १ हजार ४ सय ६० मत, दलित महिला सदस्य रााधिका लोहारको १ हजार ४ सय ६२ मत, खुल्ला सदस्य छत्र बहादुर थापाको १ हजार ४ सय १० मत, खुल्ला सदस्य पूर्णबहादुर थापाको १ हजार ४ सय ७४ मत प्राप्त गरी गठबन्धन उम्मेदवारहरु विजयी भ्एका छन् ।

    वडा अध्यक्ष एमालेका होम बहादुर थापाले ३ सय ८२ मत, महिला सदस्य सृजना थापाले ३ सय ५६ मत, दलित महिला सदस्य मिना नेपालीले ३ सय ४३ मत, खुल्ला सदस्य दुर्गबहादुर क्षेत्रीको ३ सय ३२ मत, खुल्ला सदस्य सन्तोष पोख्रेलले ३ सय ४ मत प्राप्त गरेका छन् । धुल्लुबाँस्कोटमा खसेको १८ सय ७२ मतमा गणना भएकोमा सदर मत १८ सय ५९ मतमा गठबन्धन (गिलास प्यानल ) पालिका अध्यक्ष उम्मेदवार कृष्ण प्रसाद शर्माको १ हजार ४ सय ९२ मत, नेपाली कांग्रेस उपाध्यक्ष पदका उम्मेदवार दिलिप कुमार पुनको १ हजार ४ सय १२ मत (रुख चिन्ह )ले प्राप्त गरेका छन् ।

    नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रदिप थापा मगरले ३ सय २० मत, उपाध्यक्ष पदका उम्मेदवार दुर्गा कार्की क्षेत्री थापाले २ सय ९५ मत प्राप्त गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # बरेङ
  • # नरसेङ पुन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार