पत्रकार महासङ्घका अध्यक्ष चढेको कार दुर्घटना

पत्रकार महासङ्घका अध्यक्ष चढेको कार दुर्घटना

  • जेठ १२, २०७८ बुधवार
  • २०:०६:३९ बजे
  • 3.7K
    SHARES
  • पत्रकार महासङ्घका अध्यक्ष चढेको कार दुर्घटना

    दाङ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जीपले ३–०१० २२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा केन्द्रीय अध्यक्षसँगै कारमा रहेका नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते भएक छन् ।

    नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । कारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी,

    उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेको थियो । पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।  

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार