जनप्रतिनिधिकाे भूमिका

संक्रमितको घर–घरमा तमानखोलाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

संक्रमितको घर–घरमा तमानखोलाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

  • जेठ १३, २०७८ बिहिवार
  • २०:०४:४८ बजे
  • 8.6K
    SHARES
  • संक्रमितको घर–घरमा तमानखोलाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी
    संक्रमितकाे घर-घरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

    बुर्तिबाङ : तमानखोला गाउँपालिकामा दोश्रो चरणमा फैलिएको कोभिड १९ का कारण हालसम्म ६९ जना संक्रमित भएका छन् । गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा व्यापक रुपमा कोरोना फैलिएसँगै गाउँपालिकामा निषेधाज्ञालाई थप कडाई गरीएको छ । संक्रमित बढ्दै जाँदा हालसम्म ४ जना बिरामीलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

    ६९ जना मध्ये हालसम्म १ जना मात्र निको भएका छन् ४ जना धौलागिरी अस्पताल र  अन्य ६४ जना होम आइसोलेशनमा रहेको बताइएको हो । होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन लगाएत जनप्रतिनिधी, स्वास्थ्यकर्मीको टोली घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने, अक्सिजनको मात्रा चेक गर्ने, औषधी उपलब्ध गराउने मनोपरामर्श दिने गरेको अध्यक्ष बुुढाको भनाई छ ।

    No description available.

    संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । वडा नम्बर ३ र ४ मा ६४ जना र वडा नम्बर १ र २ मा १८ जना गरी कुल ८२ जनाको स्वाब संकलन गरि धौलागिरी अस्पतालमा पठाइएको उनको भनाई छ । रिर्पोट आउन ढिलो हुँदा संक्रमणको जोखिम भएको बुढाले बताए । गाउँपालिकाले कोभिडका कारण अक्सिजनको मात्रा कम भएका, ज्वरो खोकी लाग्ने

    No description available.

    समस्या भएका, स्वासप्रस्वासमा समस्या भएका बिरामीको बढि ख्याल गर्दै समस्या भएमा तत्काल अस्पतालसम्म रेफर गर्ने गरी गाडीको तयारी अवस्थामा रहेको अध्यक्ष बुढाले बताए । गाउँपालिकामा हाल पाँच शैयाको कोभिड अस्पताल संचालनमा छ भने अक्सिजन व्यवस्थापन, आवश्यक स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनमा जुटेको गाउँपालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # संक्रमितको घर–घरमा
  • # तमानखोला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार