बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ अस्पताल भर्ना भएको उनको शनिबार विहान ३ः४५ मा मृत्यु भएको हो ।
उनी कोभिड–१९ सँगै निमोनियाबाट समेत ग्रसित रहेको बताइएको छ । शुक्रबार जिल्लाको तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाको गरि ३ जनाको मृत्यु भएको थियो ।
याे पनि पढ्नुहाेस्
कोरोना संक्रमणबाट बागलुङमा एकै दिन तीन जनाको मृत्यु
कोरोना संक्रमणबाट बागलुङका थप तीन जनाको मृत्यु भएको छ । बागलुङको बरेङ गाउँपालका र ढोरपाटन नगरपालिकाका गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङको कोभिड—१९ फोकल पर्सन दवप्रकाश घिमिरेले बताए । बरेङ गाउँपालिका—१ का ६५ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे धौलागिरि
अस्पतालमा मृत्यु भएको हो । उनलाई बिहीबार मात्रै धौलागिरि अस्पताल भर्ना गरिएको थियो । कोरोनाको एन्टीजेन परीक्षण गर्दा उनीमा पोजेटिभ देखिएको थियो । त्यस्तै बुर्तिबाङमा रहेको ढोरपाटन कोभिड अस्पतालमा उपचार गराईरहेका ६५ वर्षीय पुरुषको पनि शुक्रबार दिउँसो पौने ५ बजे मृत्यु भएको घिमिरेले बताए । उनी ढोरपाटन नगरपालिका—५ का हुन् । उनको पनि एन्टीजेन
परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार बिहानै धौलागिरि अस्पतालमा तमानखोलाकी एक महिलाको समेत मृत्यु भएको थियो । तमानखोला गाउँपालिका—५ की ६७ वर्षीय महिलाको कोरोनाबाट धौलागिरि अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य संस्थामा ढिलो आउने गरेका कारण संक्रमतिहरुको मृत्यु हुने दर बढेको घिमिरले बताए ।
‘कोरोना संक्रमितहरु स्वास्थ्य संस्थामा ढिला आउँदा मृत्यु हुनेको संख्या बढेको छ,’ उनले भने,‘हामीले एन्टीजेन परीक्षणका लागि चार हजार एन्टीजेन पालिकाहरुमा पठाएका छौं । स्वास्थ्यमा समस्या देखिएको खण्डमा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने देखियो ।’