काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया युवतिको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया युवतिको मृत्यु

  • जेठ १७, २०७८ सोमवार
  • ०७:०७:५५ बजे
  • 7.0K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया युवतिको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ की २५ वर्षीया युवतिको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएर गत जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी

    उनको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बागलुङ पोस्टलाई जानकारी दिए । सेभर एनिमिया र कोभिडको कारण उनको मृत्यु भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको दर बढ्दै गए रहेको छ ।

    योसँगै बागलुङमा संक्रणमणबाट ४२ जनाको मृत्यु भएको छ । बागलुङमा कोरोना संक्रमण बढ्नुका साथै मृत्यु दर पनि बढेको छ । पछिल्लो समय गाउँ–गाउँमा समेत कोरोना फैलिँदो क्रममा छ । सबैलाई सजक र सर्तक सहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार