काेराेना कहर

बागलुङमा थप एक संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

बागलुङमा थप एक संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

  • जेठ १८, २०७८ मंगलवार
  • ०६:२९:४७ बजे
  • 4.9K
    SHARES
  • बागलुङमा थप एक संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।

    स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको मंगलबार राति १२ ः २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    बागलुङमा पछिल्लो केही दिन यता संक्रमण हुनेको मृत्यु बढि राखेको छ । सोमबार पनि एक संक्रमितको मृत्यु भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

    याे पनि पढ्नुहाेस्
    कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया युवतिको मृत्यु

    कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ की २५ वर्षीया युवतिको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएर गत जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी

    उनको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बागलुङ पोस्टलाई जानकारी दिए । सेभर एनिमिया र कोभिडको कारण उनको मृत्यु भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको दर बढ्दै गए रहेको छ ।

    योसँगै बागलुङमा संक्रणमणबाट ४२ जनाको मृत्यु भएको छ । बागलुङमा कोरोना संक्रमण बढ्नुका साथै मृत्यु दर पनि बढेको छ । पछिल्लो समय गाउँ–गाउँमा समेत कोरोना फैलिँदो क्रममा छ । सबैलाई सजक र सर्तक सहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार