संक्रमण दर घट्दाे

पश्चिम बागलुङको तीन पालिकामा संक्रमणदर घट्दो

पश्चिम बागलुङको तीन पालिकामा संक्रमणदर घट्दो

  • जेठ २५, २०७८ मंगलवार
  • १९:५७:२८ बजे
  • 5.3K
    SHARES
  • पश्चिम बागलुङको तीन पालिकामा संक्रमणदर घट्दो

    बुर्तिबाङ : पश्चिम बागलुङमा कोरोना संक्रमणको दर घट्दै गएको छ । बैशाख अन्तिम सातादेखि जेठ तेश्रो सातासम्म उच्चदरमा बढेको संक्रमण अहिले कम हुँदै गएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । आजा भोली केही शंकास्पद लक्षण देखिएका बिरामी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गरेको उनको भनाई छ ।

    उनीहरुको एन्टिजेन विधिबाट परिक्षण गर्दा थोरैमा मात्रै संक्रमण पुष्टि हुने गरेको डा. मल्लको भनाई छ । पछिल्लो समय पिसिआर विधि परीक्षण गर्न छोडिएको छ । एन्टिजेन विधिबाट तत्काल रिर्पोट प्राप्त हुने र बिरामीमा संक्रमण पुष्टि भए नभएको थाहा हुने हुने हुँदा एन्टिजेन विधिबाट परिक्षण अगाडी बढाइएको स्वास्थ्यकर्मीको भनाई छ । कोरोना संक्रमण भएका मध्ये चरणमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १७ जना जटिल प्रकारका बिरामी राखेर उपचार गरीएको थियो ।

    जसमध्ये १ जनाको आइसोलेशनमा उपचारको क्रममा ज्यान गएको थियो । ४ जनालाई थप उपचारका लागि बागलुङ, पोखरा रिफर गरिएको थियो । ८ जना निको भएर घर फर्किसकेका छन् । हाल निसीखोला गाउँपालिकाका दुई जना र ढोरपाटन नगरपालिकाका दुई जना गरी जम्मा चार जना सक्रिय संक्रमित उपचाररत रहेको डा. मल्लको भनाई छ । उनीहरुलाई अक्सिजन दिएर उपचार गरिएको उनको भनाई छ । यहाँबाट बाहिरी अस्पतालमा पुगेर उपचार

    गर्दा गर्दै ज्यान गुमाउनेको तथ्यांक छैन । निसीखोला गाउँपालिकामा हालसम्म ४६ जना कोरोना संक्रमित भएका छन । उनीहरु मध्ये ३० जना निको भइसकेको र १६ जना उपचाररत रहेका गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत इशवरलाल शाक्यले जानकारी दिए । उनका अनुसार प्रभा माविको आइसोलेशनमा ९ जना, कोभिड अस्पतालमा ३ जना र होम आइसोलेशनमा ४ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    निसीखोला गाउँपालिकामा यस वर्ष गत वर्षको तुलनामा कोभिड व्यवस्थापनमा सहजता भएको पाइएको छ । ‘कोरोना प्रभाव कम रह्यो समयमै निशेधाज्ञा र जनचेतना पनि भयो त्यसैले गर्दा धेरै संक्रमित हुन पाएनन्, क्रमश संक्रमितको संख्या घट्दै जाने आँकलन छ’ शाक्यले भने । पछिल्लो समय कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको एन्टिजेन विधिबाट परिक्षण सुरु गरिएको उनको भनाई छ । त्यसैगरी बढि प्रभावित बनेको तमानखोला गाउँपालिकामा समेत

    संक्रमणको अवस्था सामान्य बन्दै गएको छ । कोरोना संक्रमित होम आइसोलशनमै बसेर निको हुने क्रम बद्दै गएको र संक्रमितको संख्या कम हुँदै जान थालेपछि तमानखोला गाउँपालिकामा समेत कोभिड संक्रमण दर घटन थाले पाइएको गाउँपालिकाले जनाएको छ । कुल १ सय ३९ जना संक्रमित मध्ये हाल १४ जना मात्रै सक्रिय संक्रमित रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । उनका अनुसार ३ जना बागलुङ र पोखरामा उपचाररत छन् ।

    ११ जना होम आइसोलेशनमा रहेको अध्यक्ष बुढा मगरको भनाई छ । गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा संक्रमितको संख्या बढेको थियो । तमानखोलामा उपचारको क्रममा दुई जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई शुन्यमा झार्ने गरी व्यवस्थापन गरिरहेको अध्यक्ष बुढा मगरको भनाई छ । शंकास्पद लक्ष्यण भएका बिरामीलाई वडा मार्फत सम्पर्कमा ल्याएर तत्काल एन्टिजेन्ट विधि मार्फत परिक्षण गर्ने गरिएको उनको भनाई छ ।  पछिल्लो समय शंकास्पद लक्षण भएका बिरामी नभएको पाइएको अध्यक्ष बुढाले बताए ।  

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार