दुर्घटना

 बागलुङमा ट्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

 बागलुङमा ट्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

  • जेठ २९, २०७८ शनिवार
  • १२:१५:०८ बजे
  • 17.1K
    SHARES
  •  बागलुङमा ट्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका नम्बर ६ लहरेपिपलमा ट्याक्टर दुर्घटना हुँदा वडा नम्बर ४ पाखाथर की ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक शर्मा स्थानीय काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका समेत रहेको स्थानीयले बताएको छन् । शिक्षिक शर्मालाई ग १ त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा ठक्कर दिदा मृत्यु भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह–चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ । 

    याे पनि पढ्नुहाेस्
    करेन्ट लागेर बागलुङ र स्याङ्जाका दुई युवाको मृत्यु

    पोखरा आँउदै गरेको क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा बाग्लुङ र स्याङ्जाका दुईजना युवाको सोलुखुम्बुमा मृत्यु भएको छ ।जिल्लाको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर पोखरा आँउदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

    रोडमाथि टागिएको बिद्युतको मेन तारमा जेसिबीले छुन गइ करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय भुमिराज मरासेनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङजा जिल्लाका २३ वर्षीय राम परीयार रहेका छन् ।

    घाइतेहरुमा ट्रकका सहचालक १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलु र प्रहरी चौकी पतालेबाट  गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार