शव फेला

निसीखोलामा एक पुरुषको शव फेला

निसीखोलामा एक पुरुषको शव फेला

  • आषाढ १६, २०७८ बुधवार
  • १७:१२:१८ बजे
  • 5.1K
    SHARES
  • निसीखोलामा एक पुरुषको शव फेला
    फाइल तस्बिर

    छबिलाल पाण्डे, बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर २ र निसीखोला गाउँपालिका वडा नम्बर १ को सिमाना पर्ने पाखुतेमा बुधबार विहान बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

    बुधबार विहान निसीखोला किनारमा बेवारिसे अवस्थामा फेला परेको निसीखोला गाउँपालिका वडा नम्बर १ का उदे भन्ने ४९ वर्षीय बुद्धबहादुर गुरुङको रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

    गुरुङको शव नदिमा बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको उद्धार गरी शवको पोष्टमार्टम भइसकेको छ । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख वन्तको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # निसीखोला गाउँपालिका
  • # शव फेला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार