काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट
पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटारमा भेला हुन थालेका छन् ।
यो स्थायी कमिटीको बैठकले
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं ।
बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ ।