लाहपरबाही

निशेधाज्ञा उल्लङ्घन गर्नेहरुलाई प्रहरीको कारबाही, गल्ती नदोहोर्याउने कबुलपछि छोडियो

निशेधाज्ञा उल्लङ्घन गर्नेहरुलाई प्रहरीको कारबाही, गल्ती नदोहोर्याउने कबुलपछि छोडियो

  • श्रावण २९, २०७८ शुक्रवार
  • १८:३९:५९ बजे
  • 9.3K
    SHARES
  • निशेधाज्ञा उल्लङ्घन गर्नेहरुलाई प्रहरीको कारबाही, गल्ती नदोहोर्याउने कबुलपछि छोडियो

    बागलुङ : कोरोना महामारी नियन्त्रणका लागि गरिएको निशेधाज्ञालाई जिल्ला प्रहरी कार्यालयले कडा पारेको छ । बिहीबारबाट कडा पारिएको निशेधाज्ञा कार्यान्वयन गराउन प्रहरीले सक्रियता देखाएको हो । अनावश्यक रुपमा बिना काम बजारमा डुल्नेहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

    20210813_180517.jpg

    बागलुङ नगरपालिका—१ को रामरेखा र वडा नम्बर २ को लोकतान्त्रिक चोकमा गरी ६० जना भन्दा बढि अनावश्यक रुपमा हिँडिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर दुई घण्टा होल गरी छाडिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

    20210813_180542.jpg

    ‘बिना काममा हिँड्नेहरुलाई नियन्त्रणमा लिएर दुई घण्टा सडकमै राखेर सचेत गराएर छोडेका छौं,’ उनले भने,‘रामरेखाबाट ३० जना जति र बागलुङको लोकतन्त्र चोकमा ३० जना जतिलाई नियन्त्रणमा लिएर छाडिएको हो ।’ पछिल्लो समयमा कोरोना महामारी बढ्दै गएपछि प्रशासनले जिल्लाभर निशेधाज्ञामा कडाई गरेको छ ।

    साउन २८ गतेबाट भदौ ५ गतेसम्म लागु गरिएको निशेधाज्ञामा अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालनमा रोक लगाईएको छ । निशेधाज्ञा केही खुकुलो भएसंगै नागरिक स्तरबाट भएको लाहपरबाहीका कारण कोरोना संक्रमण तीब्र भएपछि पुनः कडाई गर्नुपर्ने अवस्था आई लागेको हो ।

    20210813_180517.jpg

    पछिल्लो समय कोरोना संक्रमितहरु होम आईसोलेसमा बस्ने अवधारणा अनुसार संक्रमित भएकाहरुलाई घरमै बस्ने छुट दिईए पनि संक्रमितबाटै वेवास्ता गरेर मनपरी गर्ने गरेका संक्रमण झन् बढ्दै गएको छ । 

    नागरिक स्तरबाट नै सचेत भएर नलागेसम्म प्रशासन र स्वास्थ्यकर्मीले चाहेर मात्रै कोरोना नियन्त्रण गर्न नसकिने स्वास्थ्यकर्मीहरुको भनाई छ । 

    सम्बन्धित समाचार