बागलुङमा पिकअप दुर्घटना हुँदा दुई जना घाईते

बागलुङमा पिकअप दुर्घटना हुँदा दुई जना घाईते

  • आषाढ १८, २०७८ शुक्रवार
  • १७:३३:३८ बजे
  • 6.0K
    SHARES
  • बागलुङमा पिकअप दुर्घटना हुँदा दुई जना घाईते

    बागलुङ : जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ मा पिक अप दुर्घटनामा परी दुई जना घाईते भएका छन् । शुक्रबार बिहान जैमिनी वडा नम्बर ९ पैयुँथन्थापको सराते भन्ने स्थानमा भएको उक्त दुर्घटनामा दुई जना घाईते भएका हुन् । लु २ च २७१० नम्बरको पिकअप

    जीप सडकबाट चिप्लेर दुर्घटना हुँदा स्थानीय ५२ वर्षकी टिकादेवी शर्मा र बागलुङ नगरपालिका रायडाँडाका १८ वर्षीय प्रेम थापा घाइते भएको वडा अध्यक्ष भगिन्द्र थापाले जानकारी दिएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको बताईएको उक्त गाडीमा चालक सहित ५ जना सवार थिए । 

    यो पनि पढ्नुहोस्
    धन्न भाग्यले बाँचियो ...
    त्रिशूली नदीमाथि सडकको डिलमा चिया पसल चलाउने धनबहादुर परियारले चौधकिलोको पहाडबाट निस्कने मूलको पानी प्रयोग गर्न थालेको २० वर्ष बढी भयो। अटुट आइरहने मूलको पानी उनीहरूका लागि बरदान नै थियो। मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै उनीहरूले

    धारो बनाएको ठाउँ वरपर धेरै मुहान पलाउन थाले। बुधबार सडक माथिको पहाडबाट अस्वभाविक रूपमा पानी बग्न थाल्यो। बिहीबार अपरान्ह त बिस्तारै साना ढुंगा पनि खस्न थाले। धनबहादुरले संकेत पाइहाले। त्यहाँ जोडिएको धारो र धारोसँगै राखिएका मुडाहरू जोगाउन गए।

    ‘लगभग १० मिनेट लगाएर धारो निकाल्ने, मुडा सार्ने काम गरें। घरमा आएर त्यतै हेर्दै श्रीमतीसँग गफ गर्दै थिएँ, डाँडो त गर्ल्याम्मै झरिहाल्यो,’ उनले सुनाए, ‘पहिले साना ढुंगा र माटो खस्यो एक छिनमा यो ठूलो ढुंगो गर्ल्याम्म झ¥यो।’ उनले आफू फर्किएको ५ मिनेटमा पहिरो झरेको बताए।

    ‘मलाई भगवानले बचाउनुभयो। हाम्रो परिवार यहीँनजिकै थियौं, पहिरो झर्दा आत्तियौं, धन्न कसैलाई केही भएन,’ उनले लामो श्वास ताने। धनबहादुरको पसल पहिरो झरेको ठाउँबाट २० मिटर पर छ। पहिरो झर्दै गर्दा धनबहादुरका ज्वाइँ पनि नजिकै ट्रकमा थिए। नारायणगढ–मुग्लिन सडकअन्तर्गत यहाँ गाडी चलिरहेकै थिए।

    ‘धन्न त्यतिखेर कुनै पनि गाडी यहाँ आइपुगेन, ज्वाइँ भएको ठाउँसम्म पनि पहिरो पुग्न पाएन,’ धनबहादुरले भने, ‘हामीलाई भाग्यले बचायो, ठूलो दुर्घटना ट¥यो।’२० वर्ष देखि यही सडकको छेउमा बस्दै आएका उनले यो सडक खण्डमा यति ठूलो ढुंगो पहिरोमा झरेको कहिल्यै नदेखेको बताए।

    सडकमा झरेको लेदो हटाइए पनि ठूलो ढुंगा हटाइएको छैन। सो ढुंगा फुटाउन ‘रक ब्रेकर’को आवश्यकता पर्ने भएकाले समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। उक्त स्थानमा अझै पनि लेदो खस्न रोकिएको छैन। सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर शिव खनालकाअनुसार यो ढुंगो करिब ३४ घनमिटरको छ। यसको तौल अन्दाजी ८२ टन छ।

    ‘मैल यहाँ काम गरेको ७ वर्ष भयो यति ठूलो ढुंगो सडकमा खसेको थाहा पाएको थिइन,’ उनले भने, ‘तीन वटा रोडर लगाउँदा पनि यो ढुंगोलाई धकेल्न मुस्किल पर्छ।’ उनले मुग्लिनतर्फ रहेको रहेको रक ब्रेकर पाँच किलोको पहिरोका कारण आउन नसकेका कारण हेटौंडाबाट मगाइएको बताए।

    ‘त्यो आइपुगेपछि साँझसम्म फुटाउन सुरू हुन्छ होला,’ उनले भने। बुधबार र बिहीबार दिउँसो यो सडकमा आधा दर्जन बढी पहिरो खसेका थिए। बिहीबार चारकिलो, पाँचकिलो र केराबारी भन्ने ठाउँमा झरेको पहिरो पन्छाएको केही बेरमा चौधकिलोमा पहिरो झरेको हो। 

    पहिरोले केही समय बन्द भएको सडक रातिदेखि एकतर्फी खुलाइएको थियो। चौधकिलोको पहिरो पन्छाउन नपाउँदै सोही सडकको जलविरेनजिक अर्को पहिरो खस्यो। बिहान ७ बजेतिर खसेको त्यो पहिरोले ट्रकको आधा भाग र बसको छेउको भाग पुरिदिएको थियो।

    पछि चारकिलो र पाँचकिलोमा पुनः पहिरो खस्यो। पाँचकिलोको पहिरो पन्छाएर एकतर्फी बनाइएपनि चारकिलोको पहिरो ठूलो भएकाले पन्छाएर सकिएको छैन। चारकिलोमा अहिलेसम्मकै ठूलो पहिरो झरेको खनालले बताए।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # घाईते

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार