कोरोना नियन्त्रणका लागि खर्बाङमा कडाई, मास्क नलगाउनेलाई कारबाही 

कोरोना नियन्त्रणका लागि खर्बाङमा कडाई, मास्क नलगाउनेलाई कारबाही 

  • आषाढ २१, २०७८ सोमवार
  • १९:५०:१५ बजे
  • 2.7K
    SHARES
  • कोरोना नियन्त्रणका लागि खर्बाङमा कडाई, मास्क नलगाउनेलाई कारबाही 

    कमल पौडेल
    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाको—२ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्याधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ।

    यसैबीच प्रहरी चौकी खर्वाङले मास्क नलाई हिँड्ने १३ जनालाई कार्बाही गरेको छ। जिल्ला प्रशासन कार्यालय बागलुङको रसिदमा प्रति व्यक्ति १०० रुपैयाँका दरले जरिवाना गरेको हो। स्वास्थ्य मापदण्ड पालना नगर्ने जो कोहीलाई कारबाही हुने र पुनः गल्ती दोहोराउनेलाई थप कारबाही गर्नेे प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरीक्षक अनुप केसीले बताए ।

    यस अघि आइतबार बडिगाड गाउँपालिका—२ को कार्यालयले सरोकारवाला सहितको बैठकबाट वडा नम्बर २ को बजार क्षेत्रलाई असार २७ गते सम्म शील गर्ने निर्णय गरेको थियो। त्यस्तै बडिगाड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड पालना गराउन ध्यानाकर्षण गराएको थियो।

    असार १७ गते पिसिआरको लागि लिइएको स्वाव परिक्षणबाट ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा नम्बर २ लाई शील गरिएको हो। 

  • सम्बन्धित विषय:

  • # कोरोना
  • # मास्क
  • # खर्बाङ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार