काँग्रेस महाधिवेशन नजिकिदै गर्दा बागलुङ नगरका १४ वटै वडाका सभापतिहरुको भेला

काँग्रेस महाधिवेशन नजिकिदै गर्दा बागलुङ नगरका १४ वटै वडाका सभापतिहरुको भेला

  • श्रावण २, २०७८ शनिवार
  • ०८:१४:०१ बजे
  • 3.9K
    SHARES
  • काँग्रेस महाधिवेशन नजिकिदै गर्दा बागलुङ नगरका १४ वटै वडाका सभापतिहरुको भेला

    बागलुङ : नेपाली काँग्रेसका १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा नेता तथा कार्यकर्ताहरु महाधिवेशन लक्षित कार्यक्रममा सक्रिय भएका छन् । जिल्लाको बागलुङ नगरपालिका अन्तरगतका सबै वडाका सभापतिहरुले शुक्रबार भकुण्डेमा भेला सम्पन्न गरेका छ । 

    भेलामा १४ वटै वडाका सभापति र सभापतिले पठाएका प्रतिनिधि, स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको प्रत्यासी लगायतको सहभागिता रहेको थियो । भेलामा स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको समिक्षा र वडा, नगर, क्षेत्र र जिल्ला तहमा अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिएको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा सभापति चन्द्रबहादुर खत्रीले जानकारी दिए । 

    भेलाले बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका सभापति राजु थापाको संयोजकत्वमा १४ सदस्यीय नगर क्षेत्रमा संगठन सुदृढिकरण समिति विस्तार गरेको छ । समितिको सह–संयोजकमा पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, सचिवमा रायडाँडाका सभापति फमबहादुर थापा, र कोषाध्यक्षमा वडा नम्बर ४ का सभापति हरि बहादुर जिसी सन्तोस रहेका छन् । समितिको सदस्यमा अन्य सबै

    वडाका सभापतिहरु रहेका छन ।  भेलाले प्रत्येक वडामा संगठन विस्तार तथा सुदृढिकरणका लागि वडा सभापतिको नेतृत्वमा साविकका सवै वडा टोलमा पार्टी संगठनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरिएको संयोजक थापाले बताए । ‘विगत पार्टी भित्रका गतिवधिको बारेमा पनि समिक्षा गरेर अगाडी बढेका छौं

    थापाले भने,– हामी सवै सभापतिको एउटै चाहना भनेकै पार्टी भित्र गुट उपगुटको अन्त्य गरी पार्टीलाई विधि र विधानमा संचालन गर्नुपर्छ भन्ने मान्यता हो । पाटी विधि र विधान अनुसार चल्नुपर्छ र त संगठन बलियो हुन्छ ।’ पाटी भित्र विधि र विधानलाई छाडेर आफ्नो मनपरी गर्नेहरु आफै सजायको भागेदार हुनुपर्ने बताए ।  

    सभापतिहरुले १४ औं महाधिवेशनमा नगर, क्षेत्र र जिल्ला तहमा सवल र सक्षम नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिएका छन । जिल्लातहमा पाटीका गतिविधि सुस्ताएको हुँदा अबको नेतृत्वले यसलाई जागरुक बनाएर लैजानपर्नेमा सभापतिहरुले एकजुट भएर धारणा राखेका थिए । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार