वीपी प्रतिष्ठानका आर्थिक महाशाखा प्रमुखविरुद्ध उजुरी

वीपी प्रतिष्ठानका आर्थिक महाशाखा प्रमुखविरुद्ध उजुरी

  • श्रावण ४, २०७८ सोमवार
  • १७:५७:२२ बजे
  • 2.4K
    SHARES
  • वीपी प्रतिष्ठानका आर्थिक महाशाखा प्रमुखविरुद्ध उजुरी

    धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आर्थिक महाशाखा प्रमुखविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

    आर्थिक महाशाखा प्रमुख कमल रायमाझी विरुद्ध अभद्र व्यवहारको उजुरी दर्ता भएको हो । उनले गए राती डा.विप्लव कार्कीलाई आवास नछोडेको भन्दै गालीगलौज, धाकधम्की र आक्रमणको प्रयास गरेको डा.कार्कीले आरोप लगाएका छन् ।


    डा.कार्की माथि अभद्र व्यवहार गरेको भन्दै आन्दोलनरत डाक्टरहरुले समेत रायमाझीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका हुन् । प्रहरीले मुद्दा दर्ता गर्न ढिलाई गरेपछि करिब ८ घन्टापछि मात्रै दर्ता भएको छ ।

    रायमाझीले मदिरा सेवन गरेर धाकधम्की, गालीगलौज गरेको भन्दै जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले सोमबार आकस्मिक र कोभिड बाहेकका अन्य सेवाहरु बहिष्कार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # वीपी प्रतिष्ठान
  • # उजुरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार