वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

  • भाद्र १५, २०७८ मंगलवार
  • १९:४२:२५ बजे
  • 3.4K
    SHARES
  • वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी
    फाइल तस्बिर

    जनकपुरधाम  :सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए ।


    भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेका र खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • # उजुरी
  • # वडाध्यक्ष

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार