माओवादी केन्द्र खारेजको माग गर्दै उजुरी 

माओवादी केन्द्र खारेजको माग गर्दै उजुरी 

  • आषाढ २३, २०७८ बुधवार
  • १४:५१:०५ बजे
  • 4.6K
    SHARES
  • माओवादी केन्द्र खारेजको माग गर्दै उजुरी 

    काठमाडौं : सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् ।

    निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए ।

    एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी
  • # खारेज
  • # उजुरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार