राजु थापा विरुद्धको उजुरीमा प्रमाण पुगेन

राजु थापा विरुद्धको उजुरीमा प्रमाण पुगेन

  • बैशाख १५, २०७९ बिहिवार
  • १९:५५:५२ बजे
  • 7.2K
    SHARES
  • राजु थापा विरुद्धको उजुरीमा प्रमाण पुगेन

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजु थापा विरुद्ध परेको उजुरी खारेज भएको छ । पाँच दलिय गठबन्धनका अध्यक्षका साझा उम्मेदवार थापा विरुद्ध नेकपा एमालेको उम्मेदवार डिलबहादुर कार्कीले दिएको उजुरी प्रमाण नपुगेपछि खारेज भएको हो ।

    बिहीबार दुबै पक्षलाई प्रमाण सहित छलफलमा बोलाएको निर्वाचन अधिकृतको कार्यालयले उजुरीकर्ताले प्रमाण जुटाउन नसकेपछि उजुरी नै खारेज गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले बिहिबार आरोप पुष्टि गर्ने प्रमाण ल्याउन आदेश दिएको थियो तर उजुरी कर्ताले प्रमाण पेस गर्न नसकेपछि उजुरी खारेज भएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताए ।

    ‘अध्यक्ष पदका उम्मेदवार राजु थापाको बेल्जियमको पिआर भएको भन्ने उजुरीमा सम्बन्धित उजुरीकर्ताले प्रमाण पु¥याउन नसकेका कारण उजससरी खोज भएको छ,’ उनले भने,‘जसले उजुरी गरेको हो, उसैले नै प्रमाण पनि पेश गर्नुपर्ने भएका कारण उहाँहरुको उजुरीमा दाबी पुगेन ।’ उजुरी कर्ता कार्कीले गत १३ गते थापा विरुद्ध बेल्जियमको स्थायी वासिन्दा (पीआर) लिई बसेकोले विदेशी, गैरनेपाली नागरिक उम्मेदवार बन्न नमिल्ने भएको भन्दै उम्मेदवारी बदर पाउँ भनि उजुरी दर्ता गराएका थिए ।

    राजु थापा लामो समय बेल्जियममा बसे पनि उनले नेपाली नागरिकता नत्यागेको र नेपाली नागरिक नै भएको प्रमाण पेश गरेका थिए । 

    11.jpg

    22.jpg

  • सम्बन्धित विषय:

  • # राजु थापा
  • # उजुरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार