बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङलाई विभीन्न क्षेत्रबाट सहयोग जुट्नेक्रम जारी छ ।
नागरिक स्तरबाट सहयोग संकलन गरेर आफ्नै भवन निर्माण गरेको पत्रकार महासंघ बागलुङ शाखालाई सुविधा सम्पन्न बनाउनका लागि सहयोगी हातहरु थपिदै गएका छन् ।
मंगलबार महासंघको तालिम कक्षका लागि पोजेक्टर सहयोग प्राप्त भएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देब पौडेलले ५० हजार मूल्य बराबरको प्रोजेक्टर सहयोग गरेका हुन् । मंगलबार एक कार्यक्रमकाबीच पौडेलले पत्रकार महासंघ बागलुङ शाखा अध्यक्ष दिल शिरीष, उपाध्यक्ष नरेश कँडेल, सचिव राम थापा अविरललाई उक्त प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।
प्रविधिको विकासंगै पत्रकार महासंघ बागलुङको तालिम हलका लागि आवश्यक पर्ने देखेर प्रोजेक्टर हस्तान्तरण गरेको पौडेलले बताए ।
महासंघ अध्यक्ष दिल शिरीषले सबैको सहयोगबाट महासंघको भवन निर्माणसंगै सुविधा सम्पन्न आधुनिक सूचना केन्द्र स्थापना गर्न सफल भएको भन्दै यो सहयोगले महासंघलाई थप सहज बनाउने बताए ।
सोही अवसरमा बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले पत्रकार महासंघको सभाकक्षामा साउण्ड सिस्टम व्यवस्थापनका लागि नगद २० हजार सहयोग गरेका छन् । पत्रकार महासंघले धेरैसंग सहकार्य गरेर राम्रो काम गरेको भन्दै थापाले आफुले पनि हातेमालो गर्ने सोंच अनुसार सहयोग गरेको बताए ।
‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान मार्फत एक करोड रुपैयाँ बढि लागतमा निर्माण
गरिएको सुविधा सम्पन्न भवनमा प्रविधीमैत्री तालिम कक्ष निर्माणका लागि सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।