छविलाल पाण्डे
जिल्लाको निसीखोला गाउँपालिका—७ राजकुट भाँजाका मृगौला पीडित सौरव श्रेष्ठ (अनिल)लाई स्थानीयले आर्थिक सहयोग गरेका छन् ।
दुई वर्षदेखि दुबै मृगौला फेल भएर उपचारको क्रममा मानव अंग प्रत्यारोपण केन्द्र भरतपुरमा डायलायसिस गराईरहेका श्रेष्ठलाई उपचारको क्रममा आर्थिक समसया रहेको र परिवारसँग भएको रकम समेत सकिएर ८ लाख बढि ऋण काढेर छोराको उपचार गराइरहेको अवस्थामा स्थानीय समाजसेवी प्रताप कुवँर, रामबहादुर कुवँर लगायतको सक्रियतामा विभिन्न संघ संस्था र स्थानीयले स्वतः स्फुर्त रुपमा संकलन गरेको एक लाख बढि रकम सौरवका परिवारलाई हस्तान्त्रण गरिएको छ ।
निसीखोला गाउँपालिका—७ भाँज घर भएका सौरव दुई वर्ष पहिले कतार गएको ६ महिनादेखि मृगौलामा समस्या देखिएपछि कम्पनीले घर फिर्ता पठाएको थियो ।
नेपाल आएदेखि निरन्तर अस्पतालको बास र मृगौला डायलायसिस गराइरहँदा हालसम्म ३० लाख रुपैयाँ खर्च भइसकेको छ । ‘छोराको उपचार भइरहेको छ तर निको नहुँदा समस्या भयो, अझै कति खर्च लाग्ने हो थाहा छैन,’ सौरवकी आमा चित्रकुमारी श्रेष्ठले गुनासो गरिन् ।
डाक्टर उनको मृगौला फेर्नुपर्ने बताएका छन् । आफैले छोरालाई मृगौला दिने र स्वास्थ्यकर्मीले पनि मृगौला दिने बताए पनि कोभिडका कारण प्रत्यारोपणमा ढिलाई भएको बताईएको छ । ‘छोरोको उपचारकै घरमा भएको पैसा जति सबै सकियो, अहिले ८ लाख भन्दा बढि ऋण लागिसकेको छ,’ चित्राकुमारीले भनिन्,‘अझै कति पैसा लाग्ने हो कुनै टुंगो छैन । त्यसले गर्दा झनै समस्या भएको छ ।’
इन्द्रेणी गु्रपले सञ्चालन गर्ने कार्यक्रम देखि विभिन्न स्वदेश विदेशमा रहेका संघसंस्थाको सहयोगबाट हालसम्म सौरवको डायलायसिसमा चलिरहेको भए पनि पछिल्लो समय आर्थिक रुपमा निकै समस्या देखिएपछि आफुहरुले गाउँमै सहयोग अभियान सञ्चालन गरेर पीडितकी आमालाई हस्तान्त्रण गरेको स्थानीय प्रताप कुवँरले बताए ।
शनिबार एक कार्यक्रमकाबीच सहयोग हस्तान्त्रण गर्दै सौरवको जीवन बचाउने अभियानमा सबैले सक्दो सहयोग गरिदिन प्रतापले आग्रह गरे । स्थानीयको सक्रियतामा चालिसे भर्लाखर्क खानेपानी समितिद्वारा १० हजार हस्तान्त्रण गरिएको छ ।
स्स्वतरुफुर्त रुपमा ६१ हजार ७ सय रुपैयाँ गरी कुल ७१ हजार ७ सय शनिबार हस्तान्त्रण गरिएको थियो । केही दिन अगाडी भौजा खानेपानी समितिद्वारा ३० हजार रुपैयाँ गरी कुल १ लाख १ हजार ७ सय रुपैयाँ पीडितलाई हस्तान्त्रण गरिएको रामबहादुर कुवँरले बताए ।
स्थानीय प्रताप कुवँर, विमल कुवँर, रामबहादुर कुवँर, कमरा वि.क, पुरन वि.क., भेख बहादुर अधिकारीद्वारा प्रतिव्यक्ति पाँच हजार रुपैयँ सहयोग भएको छ ।
शेरप्रसाद श्रेष्ठ, भेख प्रसाद श्रेष्ठ, भिउसिन श्रेष्ठ, बुद्धप्रसाद श्रेष्ठ, कर्णबहादुर कुवँरद्वाराप्रति व्यक्ति एकहजार पाँचसयका दरले रकम उपलब्ध भएको रामबहादुर कुवँरले बताए ।
पविता नेपाली, युवराज कुवँर, रेशमे नेपाली, जिते नेपाली, पन्चे वि.क, छविलाल पाण्डे, शिवलाल पाण्डे, भुवे नेपाली, हिमशिला कुँवर, सुरज नेपाली, गने वि.क, दुर्गाबहादुर वि.क, विपिन्द्र श्रेष्ठ, गणेश कुवँर र धनबहादुर अधिकारी, हिमप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठले प्रति व्यक्ति एकहजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
कालिका रावलद्वारा ३ हजार रुपैयाँ, तेजमायाँ विकद्वारा २ हजार, गणेश प्रसाद श्रेष्ठ,लालमति वि.क, दुर्गाबहादुर कुँवर, पूर्ण प्रसाद श्रेष्ठ लगायतले समेत सहयोग गरेका छन् ।
हस्तान्तरण कार्यक्रम आर्थिक सँकलन अभियान्ता प्रताप कुवँरको अध्यक्षता र गणेश प्राविका प्रध्यानाध्यापक रामबहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।