बुर्तिबाङ : बुर्तिबाङका युवराज कँडेलका लागि बागलुङ समाज पोर्चुगलले ३ लाख ४२ हजार ७ सय ५७ रुपैयाँ सहयोग गरेको छ । परिवारका ३ जना सदस्य अपाङ्गता भएका कँडेलको कान्छा छोरा भरत कँडेलको उपचारको लागि सञ्चालन गरिएको अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको अभियान्ता ज्ञानु गौतम शर्माले बताए ।
बागलुङ समाज पोर्चुगल र नर्वमा रहेका नेपालीबाट संकलन गरिएको रकम आफुहरुले पीडितको खातामा जम्मा गरीएको गौतमको भनाई छ । संस्थाका अध्यक्ष प्रेम खड्का लगायतका पदाधिकारीको सक्रियतामा सहयोग संकलन गरी पठाइएको र भरत कँडेलको उपचारमा सहयोग पुग्ने अपेक्षा लिइएको गौतमले बताए । भरत कँडेलको उपचारका निम्ती अन्य विभिन्न सामाजिक अभियान्ताहरुले
समेत सक्रिय रुपमा आर्थिक संकलन अभियान चलाइरहेका छन् । सानैमा कमजोर रहेका कँडेलको पटक–पटक दुवै खुट्टा भाँचिएका कारण निकै कष्टपूर्ण जीवयापन गरिरहेका छन् ।