बागलुङमा २४ घण्टामा ६० जनामा कोरोना संक्रमण 

बागलुङमा २४ घण्टामा ६० जनामा कोरोना संक्रमण 

  • श्रावण ५, २०७८ मंगलवार
  • १७:१८:१३ बजे
  • 4.4K
    SHARES
  • बागलुङमा २४ घण्टामा ६० जनामा कोरोना संक्रमण 

    बागलुङ : बागलुङमा ६० जनलाई कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा बागलुङमा ६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    पिसिआर परीक्षणबाट ४७ जना र एन्टीजेन परीक्षणबाट १३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका ३६ जना, बडिगाड गाउँपालिका ५ जना, जैमिनी नगरपालिका १, काठेखोला गाउँपालिका ३ निसीखोला गाउँपालिकाका १ जना अन्य १ जनालाई कोरोना पुष्टी भएको हो ।

    एन्टीजेन परीक्षणमा बागलुङमा १ जना, ताराखोला गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना, जैमिनी नगरपालिकामा ८ जना र गलकोट नगरपालिकामा २ जनालाई कोरोना पुष्टी भएको छ ।

    बागलुङमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना निको भएर घर फर्केका छन् । 

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # २४ घण्टा
  • # कोरोना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार