कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

  • श्रावण ७, २०७८ बिहिवार
  • १९:२७:०५ बजे
  • 2.1K
    SHARES
  • कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

     


    बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

    महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।

    पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु धर्नामा बसेपछि कांग्रेस पदाधिकारी बैठक बुढानिकलण्ठमा राखिएको कांग्रेसका एक नेताले बताए ।

    शुक्रबार बस्ने  पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्ने जनाइएको छ । क्रियाशील सदस्यताको काम नटुंगिएपछि कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । १२ साउनदेखि स्थानीय अधिवेशन शुरु गर्ने कार्यतालिकामा उल्लेख छ । 

     

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # बालुवाटार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार