बागलुङ : जिल्लाको गलकोट नरपािलका—८ पचुवामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
गलकोट नगरपालिका—८ को पचुवाका चुरामनि कडेंलको घरको छतबाट चिप्लेर लड्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहिबार बिहान करिब ३ बजेको समयमा आफ्नै घरको छतबाट मकैबारीमा लडेर गम्भीर घाईते भएका ७४ वर्षीय कडेंलको उपचारको लागि हटिया ल्याउदै गर्दा मृत्यु भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक बाबुराम पुरीले बताए ।
बिहान पक्की घरको छतबाट चिप्लीएर लडेका उनलाई परिवारले थाहा पाएपछि हटियाको आरोग्य अस्पतालमा ल्याउँदा ल्याउँदै मृत्यु भएको बताईएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि बुर्तिबाङ लगिएको छ ।