काँग्रेसको वडा अधिवेसन स्थगित, महाधिवेसनलाई प्रभाव

काँग्रेसको वडा अधिवेसन स्थगित, महाधिवेसनलाई प्रभाव

  • श्रावण ९, २०७८ शनिवार
  • १५:३७:१८ बजे
  • 2.0K
    SHARES
  • काँग्रेसको वडा अधिवेसन स्थगित, महाधिवेसनलाई प्रभाव

    काठमाडौं : नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।


    आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

    केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।


    पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

    वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए ।

    कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल शुरु भएको छ ।

    आजको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् । पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # महाधिवेसन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार