बागलुङ : बागलुङमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।
विभीन्न पालिकामा गरिएको एन्टीजेन तथा धौलागिरि अस्पताल बागलुङमा गरिएको पिसिआर परीक्षणमा बागलुङका थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकास घिमिरेले पिसिआर परीक्षणमा ५५ जना र एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको घिमिरले बताए ।
धौालगिरि अस्पतालको प्रयोगशालामा भएको पिसिआर परीक्षणबाट बागलुङ नगरपालिकामा ४४ जना, गलकोट नगरपालिकामा १
जना, जैमिनी नगरपािलकामा २ जना, निसीखोला गाउँपालिकामा ३ जना, ताराखोला गाउँपालिकामा १ जना र अन्य ४ जनामा संक्रमण पुष्टी भएको छ । एन्टीजेन परीक्षणमा ताराखोलामा ३ जना र गलकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बागलुङमा अहिले २८५ जना सक्रिय संक्रमित रहेका छन् । हाल १९ जना विभीन्न अस्पताल तथा २६६ जना होम आईसोलेसन रहेका छन् । अलिहे बागलुङ नगरपालिकामा सबैभन्दा धेरै १५५ जना सक्रिय संक्रमित रहेका छन् ।
ताराखोला गाउँपालिकामा ४० जना, निसीखोला गाउँपालिकामा २६ जना, जैमिनी नगरपालिकामा २० जना, ढोरपाटन नगरपालिका १० जना सक्रिय संक्रमित रहेका छन् । काठेखोला गाउँपालिकामा ९ जना अन्य ८ जना, गलकोटमा ८ जना, बडिगाडमा ५ र बरेङ गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट बागलुङका ५९ जनाले ज्यान गुमाएका छन् ।