विचार

‘बाढी पहिरोको कारक मान्छे’

‘बाढी पहिरोको कारक मान्छे’

  • श्रावण १९, २०७८ मंगलवार
  • १०:१२:०६ बजे
  • 7.4K
    SHARES
  • ‘बाढी पहिरोको कारक मान्छे’

    रमेश अर्याल : बाढी पहिरोको प्रमुख कारक मान्छे नै हो । झट्ट सुन्दा अपत्यारिलो लाग्ने गर्छ । तर यसको यथार्थ यही नै हो । नदि दोहनले कस्तो प्रभाव पारिरहेको छ ?

    यता तिर कसैको ध्यान गएको छैन । खाली बाढी गयो धनजनको क्षती भयो भन्दै चित्त दुखाउने तर उत्खनन्मा दिनानुदिन हामी नै सहभागी हुन्छौँ । विशेष पहाडी र हिमाली जिल्लाका नदिहरुको उत्खनन्ले ठुलो असर पु¥याइरहेको छ । जन कसैलाई पनि हेक्का नै छैन । देशमा हुने हरेक विकास निर्माणमा प्रयोग हुने सबैभन्दा धेरै सामग्रीहरु खोलानालाबाट नै उत्खनन् गरि निकालिन्छ । जथाभावि रुपमा नदिबाट निकालिने नदिजन्य वस्तुको कारण नदिको सतह घटेको कसैलाई ख्याल नै हुँदैन । यसले पारि रहेको प्रभावलाई कुनै पनि सरोकारवालाहरुले वेवास्ता गरेको पाइन्छ ।

    यसबाट पर्ने असरका बारेमा कसैले पनि त्यति चासो नदिँदा निर्माण व्यवसायीहरुले मनोमानी ढंगले नदिजन्य वस्तको उत्खनन् गरि रहेका छन् ।

    अवैध तथा मनपरी ढंगले गरिएका यस्ता कियाकलापलाई रोक्नका लागिद कुनै निकायले तदारुकता देखाएको पाइँदैन । त्यसले गर्दा झन् निर्माण व्यवसायीहरुले आफूखुसी नदिनको दोहन गरि रहका छन् ।

    हाम्रो देशको प्रमुख समस्याको रुपमा बाढी पहिरो छ । तर प्रभावितलाई राहात दिने बाहेक कुनै पनि कार्यक्रमहरु गरिदैन । यसको रोकथामको लागि केहि पनि गरिदैन । दोहनले नदीको सहतमा के असर परिराखेको छ ? भन्नेतिर सबैको नजर नजान सक्छ तर देश विकासका निम्ति खटिएका कर्मचारी पनि खासै जिम्मेवारी भएको पाँइदैन ।

    विकासोन्मुख मुलुक को श्रेणीमा रहेको हाम्रो देशमा नदिजन्य पदार्थको अधिक आवश्यक छ नै । तथापी थ्यसको व्यवस्थापन के, कसरी र कहाँबाट गर्ने भन्ने विषयमा सरोकारवाला गम्भीर नहुँदा नदीको लापरवाही रुपमा दोहन भएको छ ।

    नदीसँगै केपी ओली नेतृत्वको सरकारले त झन् चुरे क्षेत्रको उत्खनन गरि भारतमा निर्यात गर्ने भनी कुरा समेत चलाएको थियो । सही रुपमा सरकारको निगरानीमा चुरे उत्खनन् र निर्यात गरियो भने नेपाल र नेपालीको हितमा हुने छ । तर कुनै पनि ठेकेदारलाई चुरे उत्खनन्को जिम्मा दिइयो भने मुलुकको लागि योभन्दा घातक अरु केही हुनै सक्दैन । यसले तराईवासीको उठिबास लागउनको साथै परावरणियमा ठूलो असर पुग्ने छ ।

    चुरे उत्खनन्को विषयमा सरकारले जुन कुरा चलाएको थियो । त्यसको बारेमा आम नागरिकले चौतर्फी विरोध गरेका थिए ।

    धेरै राष्ट्रहरुले आफूसँग भयका स्रोतहरु को खोजी गरि प्रयोग योग्य बनाइ निर्यात गरेर मनग्य आम्दानी गरिरहेका छन् । तर हाम्रो मुलुकमा भने स्रोत साधानको पहिचान र त्यसको प्रयोगमा सरकार पक्ष र जनताबाट धेरै भूमिका खेल्न नसेको प्रस्ट देखिन्छ । हामी नेपालीको सबैभन्दा खराब बानी भनेको अरुले अरुले गरेको कुरा राम्रो हो या होइन विचार नै नगरी मेरो या मेरा पक्षको हो या होइन भनी तय गरिन्छतेसैले हामी धेरै राम्रा अवसर बाट बञ्चित छौं ।

    अरु राष्ट्रहरुमा विकास कसरी भैरहेको छ ? स्रोत साधन कसरी प्रयोग भइरहेको छन् भनी यसका निम्ति कर्मचारीहरुलाई भ्रमण वा अध्ययन विदा को व्यवस्था गरि आध्ययन गर्न पठाइन्छ तर यसबाट राष्ट्रले के पायो त भन्ने तिर खासै चासो राखेको पाँईदै ।

    हाम्रो देशमा राजनीतिक अस्थिरताले गर्दा पनि विकासका योजनाहरु लाई प्रभाव पारिरहेको छ । जुन पार्टीको सरकार आए पनि राम्रो कार्यलाई निरन्तरता दिनु पर्नेमा आफ्नो ठाँउ आफ्नो मान्छे हेर्ने घृणित प्रवृत्तिले पनि प्रभाव पारिरहेको छ । 

    बाढीपहिरोको प्रमुख कारण नदी दोहन हो त ? भन्ने प्रश्न आउन सक्ला । किनकी हो नै भन्ने भए यसको रोकथामका निम्ति कुनै न कुनै किसिमको प्रयास गरिन्थ्यो होला । मोटरबाटोको अव्यवस्थित विस्तारले पनि केही गाउँहरुमा असर गरिरहेको छ । अहिले त झन् गाउँ–गाउँका सिंहदरबारले गाउँ–गाउँमा मोटरबाटो पु¥याएको छ । मोटरबाटो त पु¥याएको छ तर मोटरबाटोले दिने सुविधाभन्दा बढी नागरिकले त्यसबाट भोग्ने समस्या निकै बढी छ ।

    ग्रामीण क्षेत्रमा बिना इन्जिनियरिङ निर्माण गरिएका सडकले केहीलाई त राम्रो फाइदा पुगे होला तर केहीको उठिबास लगाइ दिएको छ । यसको मुख्य कारण हो अवैज्ञानिक रुपमा सडक निर्माण गरिनु ।

    यसको रोकथामका निम्ति थोरै मात्र विचार पुर्याउने हो भने सजिलैसँग न्यूनिकरण गर्न सकिन्छ । मोटर बाटो विस्तारको जुन प्रबिधि राष्ट्रिय योजनाहरुमा प्रयोग गरिन्छ त्यो अनुसार गर्न जरुरी छ । स्थानीय सरकारको मातहतबाट निर्माण गरिने सडकहरुमा व्याक कटिङ्ग  मात्र गरि अलपत्र छाडिएको छ । जुन भन्नका निम्ति सडक तर प्रयोगमा आएको पाँइदैन । स्थानीय तहले बजेट अनुसारको इसटिमेट राम्रो सङ्ग बनाउने जति काम हुन सक्छ त्यति नै मात्र गर्ने हो भने पनि सजिलै समस्याको समाधान गर्न सकिन्छ । स्थानीय तहमा प्राबिधिक नभएका होइनन् तर काम भने अशिक्षित जनप्रतिनिधिको अनुरुप गर्नु पर्ने भएकाले समस्या सिर्जना भएका छन् । यता तिर सबैको ध्यान जान जरुरत देखिन्छ ।

    प्राबिधिक काम प्राबिधिक दृष्टिकोणले नै गरिनु पर्छ । जनप्रतिनिधि वा कार्यकर्ताका माग पुरा गर्नको निम्ति होइन ।

    चुरे क्षेत्रको दोहन गरि प्रयोग गर्ने र त्यस क्षेत्रमा उद्योग कलकारखाना, एयरपोर्ट, खेल मैदान लगायतका संरचना निर्माण गर्ने हो भने हामीसँग भएका उत्पादन योग्य जमिन बिगार्नु पर्ने अवस्था सिर्जना हुने थिएन । अहिले निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउनको निम्ति उत्पादन योग्य जमिनलाई मासियो भनियो तर धेरै जसो संरचनाहरु कृषि योग्य जमिनमा नै निर्माण भएको पाइन्छ ।

    हामीले जे गर्दा पनि देखासिकी मै गर्छौं अरु राष्ट्रहरुमा धेरै जमिन उत्पादन योग्य छन् र चुरे क्षेत्र छैनन् उनी हरु उत्पादन योग्य जमीनमा नै संरचना निर्माण गर्न बाध्य छन तर हामी भने चुरे क्षेत्रलाई त्यत्तिकै राखेर उत्पादन योग्य जमिनको बर्वादि गरिहेका छौँ ।

    यस्ता कुराहरुलाई वास्ता नगरि नदिहरुको दोहन अझै पनि गरि रहने हो भने मेलम्ची मात्रै होइन पहाडी र हिमाली भेग बिस्तारै बिस्तारै बग्ने निश्चित छ । सरकारले दिएको नारा  ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सार्थकता दिनको निम्ति सरकार मात्र नभई जनस्तरबाटै आम नागरिकको भूमिका उत्तिकै रहन्छ । 

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार