कोरोना संक्रमित बागलुङका एक पुरुषलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

कोरोना संक्रमित बागलुङका एक पुरुषलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

  • श्रावण १९, २०७८ मंगलवार
  • १९:४९:२६ बजे
  • 4.6K
    SHARES
  • कोरोना संक्रमित बागलुङका एक पुरुषलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

    बागलुङ : कोरोना भाईरसबाट संक्रमण बागलुङ एक जना पुरुषलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं रेफर गरिएको छ । 

    धौलागिरि अस्पताल बागलुङमा उपचार गराईरहेको उनलाई थप उपचारका लागि काठमाण्डौको ह्याम्स अस्पतालमा पठाईएको हो । बागलुङ नगरपालिका–२ बस्ने ४५ वर्षीय उनलाई गत शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो । 

    दुई दिनसम्म घरमै बसेका उनी मंगलबार नै अस्पताल पुगेका थिए । उनको अवस्था सामान्य रहेको र छातीमा केही खराबी देखिएका कारण थप उपचारका लागि काठमाण्डौं पठाईएको अस्पतालले जनाएको छ । 

    मंगलबार दिउँसो करिब ४ बजेको समयमा मनाङ एयरको हेलिकप्टर मार्फत उनलाई काठमाण्डौं पठाईएको थियो । 

     

    सम्बन्धित समाचार